मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले आदेश दिएको छ ।गैर संवैधानिक ढंगले यादवको नियुक्ति भएको भनी पेश गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो ।
अब सर्वोच्चको आदेश बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेश गर्नुपर्नेछ ।यदी उनले विश्वासको मत पाए भने मुख्यमन्त्रीमा निरन्तर रहनेछन् । विश्वासको मत नपाएमा अर्को विकल्प गर्नू भनेर समेत सर्वोच्च अदालतले आदेश दिएको छ।आदेश अनुसार,प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्नेछ ।उनलाई केही दिन पहिला तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासको एक होटलमा रातीको समयमा मुख्यमन्त्रीमा नियुक्त गरि सपथ खुवाएकी थिईन् ।