जिल्ला हुलाक कार्यालय सिन्धुलीको वार्षिक कार्य प्रगती विवरण सार्वजनिक

294 Shares

जिल्ला हुलाक कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य प्रगती विवरण सार्वजनिक गरेको छ।२०८१ साउन १ गते देखि २०८२ असार मसान्त सम्मको एक वर्षको अवधिमा जिल्ला हुलाक कार्यालय सिन्धुलीले पाँच हजार तीन सय २६ वटा चिठ्ठी पत्र दर्ता गरेको छ भने अन्य हुलाक कार्यालयहरुबाट १२ हजार तीन सय ४१ वटा चिठ्ठी पत्र रजिष्ट्री भएर आएका जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा पाँच हजार एक सय छ वटा चिठ्ठी पत्र रजिष्ट्री भएका,१२ हजार चार सय ५८ वटा चिठ्ठी पत्र अन्य हुलाक कार्यालयमा रजिष्ट्री पत्र चलान, ८३ पोका आन्तरिक पुलिन्दा आयात तथा वितरण,४३ पोका राहदानी आयात तथा वितरण,३६ पोका राष्ट्रिय परिचय पत्र आयात तथा वितरण र पाँच हजार पाँच सय ५५ थान साधारण चिठ्ठी पत्र तथा पत्रपत्रिका प्राप्त भएका छन् ।
दुई हजार एक सय ८१ वटा साधारण चिठ्ठी तथा पत्रपत्रिका चलान,तीन हजार तीन सय ७४ वटा साधारण चिठ्ठी तथा पत्रपत्रिका वितरण र ११ लाख ४२ हजार नौ सय २१ बराबरको हुलाक टिकट बिक्रि गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले जानकारी दिए ।
उनका अनुसार दुई लाख ३३ हजार तीन सय ७८ बराबरको पिट्स सेवा सञ्चालन भएको छ भने लोककल्याणकारी विज्ञापन प्रकाशन वापतको २८ लाख छ हजार ७९ रुपैँया ३१ पैसा भुक्तानी गरिएको छ।आर्थिक वर्ष २०८१/०८२ को असार मसान्त सम्ममा कमला टाईम्स दैनिक सात वटा पत्रिका नविकरण भएका जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ ।जिल्ला हुलाक कार्यालय बाहेक अन्य आठ वटा पालिका हुलाक कार्यालय र कमलामाई नगरपालिका ९ भिमानमा हुलाक काण्टर गरी १० वटा कार्यालय रहेको सिन्धुलीमा ५५ जना कर्मचारीहरुको दरबन्दी रहेको जिल्ला हुलाक कार्यालय सिन्धुलीमा स्थायी र करार गरी ४५ जना कर्मचारीहरु कार्यरत रहेका कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ।नौ वटा पालिका रहेको सिन्धुलीको जिल्ला हुलाक कार्यालय सहित हुलाक काउण्टर भिमान, दुधौली पालिका हुलाक कार्यालय,मरिण पालिका हुलाक कार्यालय र हरिहरपुरगढी पालिका हुलाक कार्यालयबाट पिट्स सेवा सञ्चालन भई रहेको छ भने तीनपाटन, फिक्कल, गोलन्जोर, सुनकोशी र घ्याङ्लेक पालिका हुलाक कार्यालयहरुमा पिट्स सेवा सञ्चालन हुन बाँकी रहेको छ ।

सम्बन्धित समाचार