जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले आर्थिक वर्ष २०८१/०८२ मा रु.दुई करोड भन्दा बढी राजश्व संकलन गरेको छ।आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनहरुलाई कार्बाही गर्दा रु दुई करोड दुई लाख १८ हजार पाँच सय २० राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा २० हजार ३४ वटा सवारी साधनहरु कार्बाहीमा परेका छन् भने सवारी दुर्घटना हुँदा ५६ जनाको मृत्यु भएको छ भने पाँच सय एक जना गम्भीर घाईते र एक हजार एक सय ८० जना साधारण घाईते भएका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटनाबाट मृत्यु हुने को संख्या २३ प्रतिशतले घटेका साथै गम्भीर घाइतेको संख्या पनि १८ प्रतिशतले घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।
अघिल्ले आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सवारी दुर्घटना र मृत्यु हुनेको संख्यामा कमि आउनुमा टूाफिक सचेतना सम्बन्धी कार्यक्रमहरु र सरोकारवालाहरुको सहयोग नै महत्वपुर्ण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।ट्राफिक प्रहरी कमिसन असुल्न मै व्यस्त रहेको भन्ने आरोपलाई चिरफार गर्दै आफ्नो काम, कार्बाही र प्रहरी संगठनको धर्म,मर्म र सांगठानिक शिद्धान्तलाई आत्मासात गरी जिल्लाभरीका सबै टूाफिक प्रहरी युनिटहरुलाई नेपाल प्रहरीसंगको साझेदारीमा परिचालन गरी भारवाहन क्षमता भन्दा बढी भार बोक्ने सवारी,माद्यक पदार्थ सेवान गरे/नगरेको चेकजाँच र लामो दुरीका यात्रु बाहक सवारी साधनहरुमा दुई जना चालक रहे/नरेहको चेकजाँच गरी प्रचलित टूाफिक नियम विपरित रहेका पाइएमा कार्बाही गर्दा उत्त राजश्व जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार ठाउँको ठाउँ जनचेतनामूलक कार्यक्रम,यान्त्रिक परीक्षण,यात्रुवाहक सवारी साधन चेकजाँच,स्कुल बस चेकजाँच,दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि चाडपर्व लक्षित विशेष चेकजाँच, सडक प्रयोगकर्ताहरुसँग दुई मिनेट कार्यक्रम,दुई पाङ्ग्रे सवारी चालकहरूसँग दुई मिनेट कार्यक्रम,तीन पाङग्रे सवारी साधनमा टल्कीने स्टीकर टाँस्ने,विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई टूाफिक नियम सम्बन्धि जनचेतनामुलक कार्यक्रम,उखु ढुवानी गर्ने सवारीहरुको सवारी नम्बर लेख्ने, टल्कीने स्टीकर टाँस्नुका साथै चालक तथा सह(चालकहरुको निशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण कार्यक्रम समेत गरीएको छ ।
त्यसैगरी,मेला महोत्सवमा टूाफिक सचेतनामुलक स्टल प्रदर्शनी, साइकल चालक लक्षित सचेतना मुलक कार्यक्रम,यात्रुहरूसँग दुई मिनेट कार्यक्रम,सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह लगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख घिमिरेले बताए ।
उनका अनुसार यसका साथै अस्थाई ट्राफिक प्रहरी पोष्ट,कर्मैया र फुलजोरमा टिभीआरएस प्रणाली सञ्चालन र स्थाई ट्राफिक प्रहरी पोष्ट,फुलजोरको प्रशासनिक भवन निर्माण भएको छ ।जिल्लाका अन्य स्थानमा रहेका अधिकांश ट्राफिक प्रहरी युनिटहरु भाडाका घरबाट सचालन गर्नु पर्ने साथै आवश्यक जनशक्ति नभएकाले चाहेजति काम गर्न नसकिएको जिल्ला टूाफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख घिमिरेले बताए ।१० वटा स्थानीय तह रहेको सर्लाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सहित ११ वटा ट्राफिक प्रहरी युनिटहरु रहेका छन् ।