जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत सादा पोशाकका प्रहरी जवान प्रकाश साउदको असुली काण्ड चर्चामा आएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आपराधिक गतिविधि तथा तस्करी नियन्त्रणको लागि सादा पोशाक (क्राइम)ब्रान्चको नाममा खटाएका प्रहरी जवान साउदले चर्काे असुली काण्ड मच्याएका रहस्य बाहिरिएको छ ।प्रहरी असई राम प्रवेश यादव जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत रहँदा उनका विश्वास पात्रको रुपमा रहेका प्रहरी जवान साउदलाई उनै असई यादवको सिफारिसमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले आपराधिक गतिविधि तथा तस्करी नियन्त्रणको लागि सादा पोशाक (क्राइम)ब्रान्चको नाममा खटाएर असुली चलाएका प्रहरी कर्मचारीहरुनैबताउँछन् ।
प्रहरी जवान साउद विगत केही बर्षदेखि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको मातहत रहेको प्रहरी चौकी गढी र प्रहरी चौकी ढुँग्रेबासमा कार्यरत देखाएर घुमुवाको रुपमा रही सिन्धुलीका स्थानीय व्यापारीहरुदेखि सिन्धुलीका होटल व्यावसायीहरुका साथै सिन्धुलीको बाटो भएर मधेश प्रदेशबाट भन्सार छलीको कारोबार गर्ने व्यापारीहरुसंग उनले ठूलो रकम असुलेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख सुवेदीलाई बुझाउने गरेका पाइएको हो ।
मधेश प्रदेशको सर्लाही,महोत्तरी र धनुषाबाट दैनिक एक÷दुई ट्रक रासायनिक मल,चिनी तथा कपडाहरुका साथै किरानाका सामानहरु सिन्धुली हुँदै रामेछाप,दोलखाका साथै काठमाण्डौँ सम्म जाने गरेका र त्यसका लागि सर्लाहीको ईलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत देखाई मधेश प्रदेश प्रहरी कार्यालयबाट परिचालित घुमुवा असई यादवले मधेशका साथै सिन्धुलीमा समेत असुली चलाउने गरेका छन् ।
सर्लाहीका दिनेश महतोले रासायनिक मल तथा चिनी नेपाली बोरामा पल्टी गरेर सिन्धुली हुँदै रामेछाप र दोलखा सम्म पुर्याउन,महोत्तरीका गरीब दासको चिनी र रासायनिक मल,कपडा, जनकपुरका दामोदर सिँहले भन्सार छलीको कपडाको ठूलो कारोबार गर्ने गरेका र मधेशमा असई यादवले सहजीकरण गर्ने तथा सिन्धुलीमा प्रहरी जवान साउदले चर्काे कमिसन असुले नियन्त्रणमा नलिने गरेका पाइएको हो ।
जसका लागि सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटा स्थित रहेको रानी ईन्टरप्राईजेजका सञ्चालक सुजित साहले समेत सहयोग गर्ने गरेका छन्।जिल्ला प्रहरी कायार्लय सिन्धुलीमा सरुवा भई आउने हरेक प्रहरी प्रमुखहरुलाई हातमा लिएर ठूलो मात्रामा भन्सार छलीको काम गर्ने र भारतिय चिनी तथा रासायनीक मललाई नेपाली बोरामा पल्टी गर्ने तथा कपडा तथा चामल ईटा र परालको गाडिमा हालेर यरीया कटाउने गरेको कमलामाई नगरपालिका ६ रातमाटा स्थित रहेको रानी ईन्टरप्राईजेजका सञ्चालक साहले स्वीकार गरेका छन् ।
उनीहरुले सिन्धुली हुँदै अन्यन्त्र जाने भन्सार छलीका सामानहरुका साथै नदीजन्य उद्योगहरु,काठहरु तस्करी,जुवा,तास,गाँजाका साथै देह व्यापारको रकम संकलन गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सुवेदीलाई बुझाउने गरेका पाइएको छ।प्रहरी जवान भएपनि जिल्ला प्रहरी कार्यालय सिन्धुली चलाएका प्रहरी जवान साउदलाई आईजीपी दिपक थापाको मान्छे रहेको बताउँने असई यादवले आश्रय दिने गरेका पाइएको छ।यसको अर्थ सिन्धुली र सर्लाहीमा उनैअसई यादवको असुली चल्ने गरेको छ । आईजीपि थापाको खास मान्छे हुँ भन्दै ठुलै मानिसको धम्की लगाउने असई यादवको साथ पाएका प्रहरी जवान साउदको भुमिका शान्ति सुरक्षा भन्दा बढि असुलीमा बढी केन्द्रीत रहेको सिन्धुलीका व्यापारीहरु बताउँछन् ।
प्रहरी जावन साउदले धनुषाको किरानाका सामानको काम गर्ने सिकिन्द्र साहसँग रु एक लाख २० हजार र महेन्द्रनगरका कपडा कारोबारी शंकर साहसँग रु ८० हजार,बीरेन्द्र साहसँग रु ५० हजार सर्लाहीका दिनेश महतोसँग रु एक लाख २० हजारका साथै सिन्धुलीका होटेल व्यवसायीहरु र कपडा व्यावसायीहरुका तथा कवाडी व्यावसायीहरुलाई डरत्रास देखाई लाखौं रकम असुली गरि आर्थिक आतंक नै मच्चाएको अर्का व्यापारीले बताए।सो विषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सुवेदीसंग जिज्ञासा राख्न फोन गर्दा उनको फोन उठेन ।