उद्योग बाणिज्य संघ लालबन्दीले लालबन्दी बजारमा दैनिक उपभोग्य वस्तु र अन्य सामग्रीको अस्वभाविक मूल्य वृद्धि गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको विषम परिस्थितिलाई मौका नसम्झी बजारमा दैनिक उपभोग्य वस्तुहरु लगायत अन्य आवश्यक वस्तुहरुमा कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक रुपले मूल्य वृद्धि नगर्न संघले वुधवार एक सूचना जारी गरेको छ ।ोरोना भाईरसको विषम परिस्थितिलाई मौका नसम्झी बजारमा दैनिक उपभोग्य वस्तुहरु लगायत अन्य आवश्यक वस्तुहरुमा कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक रुपले मूल्य वृद्धि भएको विभिन्न निकाय, उपभोक्ता लगायत जनसमुदायबाट गुनासो आएको सुचनामा उल्लेख गरिएको उल्लेख गरेको छ ।
सूचनामा अहिलेको अप्ठेरो परिस्थितिमा सेवाभावको धारणाले आफूसँग रहेको सम्पूर्ण वस्तुहरु सहज, सर्बसुलभ र उचित मूल्यमा उपलब्ध गराउन उद्योगी, व्यापारी,व्यवसायीहरुलाई आग्रह गरिएको छ । भने नेपाल सरकारले तोकेको स्वासथ्य मापदण्डको पुर्ण पालना गर्न पनि संघले आग्रह गरेको छ । भने संघको आग्रह अटेर गर्ने व्यापारी रव्यावसायीहरुलाई नेपाल सरकारको कानुन अनुसार कार्बाही गर्ने संघका महासचिव दीपेन्द्रकुमार बलम्पाकीले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरिएको छ ।