मानवसेवामा सबैले सहयोग पुर्याउनुपर्ने रक्षा मन्त्री उप्रेतीको भनाई

131 Shares

मानवता प्रवद्र्धन महा अभियान अन्तर्गत सञ्चालित मानवसेवा आश्रमको सेवामा सबैले सहयोग पुर्याउनुपर्नेमा नेपाल सरकारका रक्षा मन्त्री हरि प्रसाद उप्रेतीले बताए । सर्लाहीको हरिवन नगरपालिका १ स्थित कैलाशपुरीमा रहेको मानवसेवा आश्रम सर्लाही शाखाको आय/व्याय विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक समारोहलाई सम्बोधन गर्न सर्लाही आएका रक्षा मन्त्री उप्रेतीले यस्तो बताएका हुन ।

fac174fe-f2c6-4d12-98bd-195be66ebcfe.jpg
मानवसेवा आश्रम हरीवन,सर्लाही शाखाको आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० सम्मको लेखा परिक्षण प्रतिवेदन,आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्त सम्मको आय व्याय विवरण एवम सो समयको प्रगति प्रतिवेदन सार्वजनिक गरेको मानव सेवा आश्रमका सुकदेव कार्कीले जानकारी दिए । 
उनका अनुसार मानवसेवा आश्रम सर्लाही शाखाले स्थापना भएदेखि हालसम्म दुई सय ४४ जनाको उद्धार गरेको छ ।मानवसेवा आश्रमले सडकमा अलपत्र रहेका बेवारिसे व्यक्तिलाई उद्धार गरेर आश्रममा राखेर स्याहार गर्दै आइरहेको र उद्धार गरिएका दुई सय ४४ जनामध्ये ८६ जनाको पारिवारिक पुनर्मिलन गराइ सकिएको कार्कीले बताए ।
त्यस्तै आश्रममा ल्याएर स्याहार र उपचार पश्चात सामान्य अवस्थामा फर्किएका ८७ जनालाई सामुदायिक पुर्नस्थापना गराइएको आश्रमले जनाएको छ ।उद्धार गरेर आश्रममा राखिएकामध्ये ११ जनाको निधन भएको छ ।
आश्रममा अहिले ५२ जना आश्रित रहेका मानव सेवा आश्रम सर्लाही शाखाले जनाएको छ । मानवसेवा आश्रमलाई गत आर्थिक वर्ष २०७९/०८० मा रु २५ लाख ३२ हजार सात सय  १८ सहयोग प्राप्त भएकोमा रु ३८ लाख ४४ हजार सात सय पाँच खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।
चालू आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म रु १३ लाख ८३ हजार एक सय ७२ आम्दानी भएकोमध्ये रु १६ लाख ३४ हजार ७१ खर्च भएको आश्रमले सार्वजनिक गरेको लेखापरिक्षणमा उल्लेख गरिएको छ ।आश्रममा सहयोग तथा आम्दानी भन्दा खर्च धेरै भएकाले ऋणबाटै आश्रम सञ्चालन भइरहेको कार्कीले बताए ।
हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) को अध्यक्षता एवम रक्षामन्त्री उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाकी नगर उपप्रमुख हरिमाया घलान,निवर्तमान प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती,सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतको आतिथ्यता रहेको थियो। 

सम्बन्धित समाचार