माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सर्लाहीका नेताले भेटी गराए ध्यानाकर्षण

320 Shares

नेकपा (माओवादी केन्द्र)सर्लाहीका नेताहरुले माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुुष्पकमल दाहाल(प्रचण्ड)लाई भेटेर ध्यानाकर्षण गराएका छन्।केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडा पुुगेर माओवादी केन्द्र सर्लाहीका नेताहरुले अध्यक्ष प्रचण्डसँग भेटी बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा माथि झुटो वन मुद्धा लगाउने षडयन्त्र भएको भन्दै ध्यानाकर्षण गराएका माओवादी केन्द्रका नेता हेमराज दाहाल(सन्तोष)ले जानकारी दिए।उनका अनुसार पार्टीका नेता एवम बागमती नगरपालिकाका नगर प्रमुख थापासहित अन्य जनप्रतिनिधिविरुद्ध झुटो वन मुद्दा दायर गरेर फसाउने षडयन्त्र भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन ।
भेटमा नेताहरुले सर्लाहीको बागमती नगरपालिका र नगर प्रमुख थापाको अवस्थाबारे जानकारी गराउन माओादी केन्द्रका स्थायी कमिटि सदस्य प्रल्हाद कुमार बुुढाथोकी,केन्द्रीय सदस्य सावित्रा बुढाथोकी,केन्द्रीय सदस्य एवम सर्लाही इन्चार्ज अच्यूतम काफ्ले,प्रदेश सभा सदस्य जवाहारलाल कुशवाह,माओवादी केन्द्रका नेता राजकुमार यादव, बरहथवा नगरपालिकाका निवर्तमान नगर प्रमुख देवानन्द महतो लगायतको टिम माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।
यसैबिच,सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख थापालाई सरकारले मुद्दा, मामिलाको डर देखाएर नेकपा(एमाले)मा प्रवेश गर्न दवाव दिएको माओवादी केन्द्र सर्लाहीका नेताहरुसंगको  भेटमा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले बताए ।प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्बोधन गर्ने क्रममा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले हाल निलम्बित अवस्थामा रहेका बागमती नगरपालिकाका नगर प्रमुख थापालाई मुद्दा मामिलाको डर देखाएर सत्ताधारी दल एमालेले धम्क्याउने र तर्साउने काम गरिरहेको आरोप लगाए ।
प्रधानमन्त्री एवम नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा मुख्य सचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा बैठक राखेर बागमती नगरपालिकाका नगर प्रमुख थापासहितका जनप्रतिनिधिलाई झुटो वन र भ्रष्टाचार मुद्दामा फसाउने प्रयास भइरहेको माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

सम्बन्धित समाचार