Close This

रौतहटमा एक महिलामाथि खुकुरी प्रहार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-४ गते   ४११ पटक हेरिएको

रौतहटमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । जग्गाको बिषयलाई लिएर जिल्लाको गुजरा नगरपालिका–९ स्थित अमतावा टोलमा आईतबार बिहान करिब १० बजेको समयमा एक महिलामाथी खुकुरी प्रहार भएको रौतहट प्रहरीले जनाएको छ ।
गुजरा नगरपालिका–९ स्थित अमतावा टोलमा एक ३८ वर्षीया महिलामाथि छिमेकीसंग जग्गाको विवाद हुँदा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । अमतावाका स्थानिय जुमराती मियाले सडकमा पर्ने गरी कम्पाउण्ड वाल उठाएको र सो वाल सडकमा पर्ने गरी किन उडाएको भन्ने विषयमा सामान्य विवाद भएको थियो ।
छिमेकी ईन्तजारुल मियँ धुनियँकी श्रीमति ज्यादा खातुनले सडकमा किन वाल उठाएको भनेपछि जुमराती मिया पक्षका मानिसहरुले महिलामाथि ज्यान मार्ने उद्देश्ले धारीला खुकुरी प्रहार गरेको स्थानियले बताएका छन ।
स्थानियबासीका अनुसार जुमराती पक्षबाट ईन्तराजकी श्रीमति खातुनमाथि खुकुरी प्रहार भएको हो ।  जुमराती पक्षका मानिसहरुको खुकुरी प्रहारबाट खातुनको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । खातुनलाई खुकुरी प्रहार गरी  जुमराती फरार भएका ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

यता घाईते खातुनलाई उपचारका लागी चन्द्रनिगाहपुरमा रहेको एपोलो सिटि हस्पिटलमा ल्याइएकोमा त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि घाईते खातुनलाई नारायणी अस्पताल विरगन्ज पठाईएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको  छ । भने खुकुरी प्रहार गरी फरार रहेका जुमरातीको खोजी कार्यसुरु गरिएको प्रहरीको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech