Close This

वाईसियल नेपालको केन्द्रीय कमिटिमा सर्लाहीका ४ जना चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-५ गते   ५२९ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र)को भातृसंगठन योङ कम्युनिष्ट लिग नेपाल(वाईसियल)नेपालको केन्द्रीय सदस्यमा सर्लाहीबाट ४ जना चयन भएका छन् । काठमाण्डौँको भृकुटीमण्डलमा भदौ ३ र ४ गते भएको योङ कम्युनिष्ट लिग नेपाल(वाईसियल)नेपालको दोस्रो राष्ट्रिय भेलाबाट सर्लाहीका ४ जना चयन भएका हुन ।
सर्लाहीबाट बागमती नगरपालिकाका नगर प्रमुख भतरकुमार थापाकी छोरी आर्विसा थापा,अरुण बराईली,सन्जय पाचे र नविन थापा केन्द्रीय सदस्यमा चयन भएका योङ कम्युनिष्ट लिग नेपाल(वाईसियल)नेपाल मधेश प्रदेश संयोजक मोहनलाल श्रेष्ठ(सन्देश)ले जानकारी दिनु भयो ।


माओवादी केन्द्रको नेतृत्वमा आयोजना भएको ऐतिहासिक जनक्रान्ति मार्फत जनताबाट जनताका लागि गाउँ गाउँमा सिंहदरबार ल्याउने र समाजमा रहेका शोसक,सामन्त दलाल र पुजीवाँदी परम्पराका शासकहरुलाई जनकार्बाही गर्न गठन भएको योङ कम्युनिष्ट लिग नेपाल(वाईसियल)नेपालको दोस्रो राष्ट्रिय भेला सौहार्दताका साथ सम्पन्न गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech