मधेश प्रदेश मै पहिलो पटक सर्लाहीको हरिवन नगरपालिका ६ मा एकीकृत नगर सेवा तथा गुनासो व्यवस्थापन प्रणाली सुरु भएको छ। देशभरका सात सय ५३ वटा स्थानीय तहहरु मध्य नगर विकास कोषको सहयोगमा हरिवन नगरपालिका सहित धरान र धनगढी उपमहा नगरपालिका र धुलिखेल नगरपालिकामा एकीकृत नगर सेवा तथा गुनासो व्यवस्थापन प्रणाली सुरु गरिएको हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रतिक कार्कीले जानकारी दिए।उनका अनुसार हरिवन नगरपालिकालाई डिजिटल बनाउँदै नागरिकहरुलाई छिटो र सहज रुपमा सेवा प्रदान गर्न पेपर लेस प्रणाली सुरु गरिएको हो ।
नागरिकहरुलाई सेवा लिन झण्झट मुक्त बनाउन र काम गर्न वडा जानू पर्ने बाध्यता अन्त्य गर्न भन्दै हरिवन नगरपालिकाका सबै वडा तथा नगरपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु अब पेपर लेस गर्न यो प्रणाली सुरु गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बताए ।उनले राजनीतिक भ्रष्टाचार मुक्त बनाउन सहयोग पुर्याउन भन्दै देशैभरीका चारवटा नगरपालिकामा सञ्चालन भएको यो प्रणाली मधेश प्रदेशमा पहिलो पटक हरिवन नगरपालिका ६ वटा सुरु गरिएको हो।हरिवन नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुखबुढाथोकी,नगर उप प्रमुख हरिमाया घलान,प्रमुख प्रशासक अधिकृत कार्की र सुचना प्रविधि अधिकृत दिपेन्द्र कुमार उप्रेति सहित हरिवन नगरपालिकाका विभिन्न वडाका वडा सचिव सहित प्राविधिक सहायकहरुको समेत उपस्थिति रहेको हरिवन नगरपालिमा ६ का प्राविधिक सहायक पशुपति कुमार शर्माले जानकारी दिए ।
एकीकृत नगर सेवा प्रणाली
एकीकृत नगर सेवा प्रणाली स्थानीय प्रशासनका सेवाहरूलाई जनतालाई सहज,छरितो र प्रभावकारी ढंगले सेवा प्रदान गर्न विकसित गरिएको डिजिटल प्रणाली हो।जसले नगरपालिकाभित्रका विभिन्न सेवा क्षेत्रहरूलाई एकै ठाउँमा समेटेर सेवाग्राहीहरुलाई सजिलो बनाउँछ। यसमा नागरिकले वडा तथा नगरपालिका कार्यालयबाट पाउने विभिन्न सेवाहरू जस्तैःकर तिर्ने, प्रमाणपत्र प्राप्त गर्ने र निर्माण अनुमतिका सबै अन्य सवै प्रकारका सेवाहरुका लागि निवेदन दिने लगायतका सेवा लिन सक्छन्।
सेवाग्राहीहरुले सेवाहरू अनलाइन वा एकीकृत सेवा केन्द्रबाट छिटो र झण्झटरहित प्राप्त गर्न सक्छन्। सेवाको प्रक्रियामा पारदर्शिता बढ्छ र भ्रष्टाचार घट्छ।भने सेवा लिनको लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ।सम्पूर्ण जानकारीको डिजिटल अभिलेख राख्न सकिने हुँदा यो व्यवस्थापन सरल हुन्छ। सेवाग्राहीहरुले वेब पोर्टल वा मोबाइल एपमार्फत सेवा लिन तथा सेवा केन्द्रमा गई आवेदन दिनुका साथै अनलाइन भुक्तानी प्रणालीको माध्यमबाट कर र शुल्क तिर्न सक्ने छन् ।
गुनासो व्यवस्थापन प्रणाली
नगरपालिकाको सेवा सम्बन्धी नागरिकहरूको गुनासो संकलन, व्यवस्थापन र समाधान सहज रुपमा र समय मै समात्रान गर्न गुनासो व्यवस्थापन प्रणाली प्रयोग गरिन्छ। जनताको गुनासोलाई प्राथमिकतामा राखेर समाधान गरिने हुँदा जनसहभागिता बढ्छ साथै गुनासोको समयमा नै समाधान गरिने हुँदा जनताको विश्वास बढ्छ।स्थानीय प्रशासन उत्तरदायी र जवाफदेही बन्न मद्दत गर्दछ भने गुनासोको अवस्थालाई अनलाइन ट्र्याक गर्न सकिन्छ।गुनासो वेब पोर्टल,मोबाइल एप वा हेल्पलाइन मार्फत दर्ता गर्न सकिने,गुनासो दर्ता गरेपछि प्रणालीले ट्र्याकिङ नम्बर प्रदान गर्ने र समस्या समाधान भएपछि सेवाग्राहीहरुलाई जानकारी दिन यो प्रणालीको प्रयोग गरिन्छ।यी प्रणालीहरूले डिजिटल प्रविधिको प्रयोग गरी जनताका समस्या समाधान गर्न र सेवाको गुणस्तर सुधार गर्न स्थानीय प्रशासनलाई मद्दत पु¥याउँछन्।