सर्लाहीलगायत जिल्लाका घटनाबारे गम्भीर भएर छलफल गरिरहेका गृहमन्त्री श्रेष्ठको भनाई

एसपि गौरव    प्रकाशित: २०८०-६-७ गते   ४२४ पटक हेरिएको

नेपाल सरकारका उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)ले सर्लाही लगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले निर्णय लिन सक्ने सङ्केत गरेका छन्।प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आईतबारको बैठकमा गृह मन्त्री श्रेष्ठले कोशी र मधेस प्रदेशको शान्ति सुरक्षासहितको वस्तुस्थितिबारे प्रशासन र सुरक्षा संयन्त्रमार्फत निरन्तर जानकारी लिने कार्य भइरहेको बताएका हुन ।
बैठकमा नेकपा (एमाले)का नेता रघुजीपन्त र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सर्वेन्द्र नाथ शुक्लाले सर्लाही लगायतका मधेश प्रदेशका जिल्लामा धार्मिक साम्प्रदायिक घटना गराउने प्रयासले तनाव बढिरहेका बारे समितिमार्फत सरकारलाई जानकारी गराएका थिए ।नेपाल बहुजातीय,बहुसांस्कृतिक,बहुधार्मिक र विविधताबीचको एकता रहेको मुलुक भएकाले यसमा आँच पु¥याउने र खलल् पार्ने कार्य भइरहेको भन्ने सूचनाप्रति सरकार गम्भीर रहेको बताउदै गृहमन्त्री श्रेष्ठले“जान÷अञ्जानमा हो वा कुनै निश्चित उद्देश्य लिएर भइरहेको छ भन्ने प्रश्न उठेको छ,यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।”बताए ।
सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको भन्दै पछिल्लो समय अवस्था बिग्रिँदै गएकाले प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको गृह मन्त्री श्रेष्ठले जानकारी दिए ।“मूलभूतरुपमा प्रशासनिक विधिबाट समाधान गर्दा आउन सक्ने चुनौतीको पाटोलाई ध्यान दिँदै वैचारिक,राजनीतिक ढङ्गले वातावरण बनाएर समाधान खोज्ने प्रयत्न भइरहेको छ ।प्रशासनिक पक्षबाट पनि गम्भीर छौँ,सम्पूर्ण प्रशासन र प्रहरी समयन्त्रलाई कुनै कमजोरी हुन नदिन संयमपूर्वक अघि बढ्नेछौँ ।”उपप्रधानमन्त्री श्रेष्ठले भने ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech