बस,कार र पिकअप ठोक्किँदा कारमा आगलागी

162 Shares

पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका ६ कालिन्जोर पुलमा दुईवटा सवारी साधन ठोक्किँदा एउटा भारतीय कारमा आगलागी भएको छ ।आईतबार राती करिब ९ बजे मधेश प्रदेश ०४–००१ ख ०१५६ नम्वरको बसलाई पछाडिबाट ठक्कर दिएर ब्याक गरी भाग्न खोज्दा बीआर ०१ पिएम ८८३३ नम्वरको कार विपरित दिशाबाट आई रहेको प्रदेश २–०२–००१ च ०११७ नम्वरको पिकअपमा ठोक्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ।दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन् ।कारमा लागेको आगो प्रहरी र स्थानीय भएर निभाएका प्रहरीले जनाएको छ।प्रहरीले दुर्घटनामा परेका तीनवटै सवारी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
पछिल्लो क्रममा भारतिय नम्बरका सवारी साधनहरु निर्वाध रुपमा प्रवेश गर्न पाउँदा पछिल्लो समयमा सवारी दुर्घटना बढी रहेका भएपनि सरोकारवाला निकाय मौन देखिएको स्थानीयको आरोप छ।स्थानीयका अनुसार भन्सार समेत नतिरि भारतिय नम्बरका सवारी साधनहरु खुलेआम रुपमा सञ्चालन भई रहँदा समेत प्रहरी प्रशासन मौन देखिएको छ ।

सम्बन्धित समाचार