सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ३ की एक महिला सहित दुई जनालाई वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।ब्रम्हपुरी गाउँपालिका ३ स्थायी ठेगाना भई हाल टोखा नगरपालिका ८ बस्ने अन्दाजी वर्ष २८ की मनीषा कुमारी सहित मकनवानपुरको बकैया गाउँपालिका ५ स्थायी ठेगाना भई हाल काठमाडौँको नागार्जुन नगरपालिका ५ सीतापाइला बस्ने अन्दाजी वर्ष ३९ का सुवर्णकुमार बललाई वैदेशिक रोजगारीको नाममा रु १७ लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवम प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएको पीडितहरुको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।यसैगरी पक्राउ परेकामध्ये मनिषाले एकजनालाई दुवई पठाउने भन्दै रु दुई लाख ४५ हजार र बलले एकजनालाई क्रोएसिया पठाउने भन्दै रु १५ लाख रकम लिएको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।कार्यालयका अनुसार दुवै जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।