सर्लाहीको ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र प्रशासकीय अधितृत मिलेर भ्रष्टाचार गरेका भन्दै स्थानीय आक्राेसित भएका छन् । ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ र प्रशासकीय अधिकृत पुष्करमणी घिमिरे मिलेर नगर प्रहरी भर्नादेखि लिएर नगरका हरेक काममा अनियमितता र भ्रष्टाचार गरेका स्थानीयकाे आराेप छ ।
आवेदन बिनै एक जना नगर प्रहरी सहायक निरीक्षकको स्वास्थ्य परिक्षणमा प्रमुख प्रशासकीय अधिकृत हिराकाजी,प्रशासकीय अधिकृत घिमिरे र कम्प्युटर अपरेटर पुर्णिामा कार्की मिलेर उतिर्ण गराएका स्थानीयकाे आराेप छ । ईश्वरपुर नगरपालिकाले असार २० गते स्वास्थ्य परिक्षणको नतिजा प्रकाशन गर्दा नगर प्रहरी सहायक निरिक्षक तिलक बहादुर श्रेष्ठकाे नाम सार्वजनिक भए पछि साे तथ्य बाहिरिएको हाे ।
ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी,प्रशासकीय अधिकृत घिमिरे र कम्प्युटर अपरेट कार्कीले मिलेर स्वास्थ्य परिक्षण परिक्षामा उतिर्ण उम्मेदवारको नामावली सार्वजनिक गर्दा आवेदन नदिएका तिलकको नगर प्रहरी सहायक निरीक्षकमा नाम उल्लेख गरिएकाे स्थानीयकाे आराेप छ । नगर प्रहरी सहायक निरीक्षकको आवेदन फारममा ईश्वरपुर नगरपालिका ८ का रोहन कुमार चौधरी,ईश्वरवुर नगरपालिका १५ का विवेक चौधरी थारु र ईश्वरपुर नगरपालिका १० का निरन्जन कुमार चौधरीले आवेदन दिएका भए पनि स्वास्थ्य परिक्षणमा श्रेष्ठको पनि नाम आएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । नगरपालिकाले नगर प्रहरी करार सेवामा पदपुर्तीका लागि २०७९ मंसिर ९ गते सूचना प्रकाशित गरेको थियो र आवेदन पश्चात असार १८ गते उम्मेदवारहरुकाे स्वास्थ्य परिक्षण गराएको थियो । स्वास्थ्य परिक्षणमा श्रेष्ठ सहित रोहण पनि उतिर्ण भएका थिए ।
श्रेष्ठले नगर प्रहरी सहायक निरीक्षकमा फारम समेत नभरेका तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ र प्रशासकीय अधिकृत घिमिरेकाे मिलोमतोमा परिक्षा नदिएको उम्मेदवारको नाम सार्वजनिक भएको स्थानीय सुवर्ण घिमिरेकाे आरोप छ । उनका अनुसार ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी र प्रशासकीय अधिकृत घिमिरेको मिलोमतोमा नगरपालिकामा चरम भ्रष्टाचार भई रहेको छ ।
नगर प्रहरी सहायक निरीक्षकको स्वास्थ्य परिक्षणमा उतिर्ण श्रेष्ठको आवेदन नगर प्रहरी पदको दर्ता नं. ६३ मा मात्र भएको तर प्रहरी सहायक निरीक्षक पदमा उतिर्ण गर्नु भनेको कर्मचारी तथा छनाेट समितिकाे मिलोमतोमा कमिशन उठाउने धन्दा मात्र भएको स्थानीय घिमिरेले आरोपकाे आराेप छ।
स्थानिय घिमिरेले ईश्वरपुर नगरपालिकाले प्रकाशन गरेको नगर प्रहरीको परिक्षाफलमा देखिएको गाईजात्रा कस्तो भयो भने लिस्टमा नाम नै नभएको उम्मेदवारलाई सफल उम्मेदवारको सूचीमा राखेको कुरा अच्चम लागेको टिप्पणी समेत गरे । यस्तो काम गर्नेलाई हदैसम्मको कार्वाही हुनुपर्ने घिमिरे माग समेत गरेका छन् ।
स्वास्थ्य परिक्षण नतिजा प्रकाशन सम्बन्धी सूचनामा प्रमुख प्रशासकीय अधिकृत हिराकाजीकाे हस्ताक्षर भए पनि यस बिषयमा बुझ्दाँ आफुलाई केही पनि जानकारी नभएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत हिराकाजीले आफु पत्रमा हस्ताक्षर गरेर छोराको उपचारमा गएको हुदाँ आफुलाई यस बिषयमा कुनै जानकारी नभएको तथा यो बिषयमा नगरपालिकाका प्रशासकीय अधिकृत घिमिरेसंग बुझ्न भने ।
प्रशासकीय अधिकृत घिमिरेसँग यस बिषयमा बुझ्दा सार्वजनिक भएको सूचना अधिकारिक नभएको बताए । उनले प्रहरी सहायक निरीक्षकको स्वास्थ्य परिक्षणमा सफल उम्मेदवार श्रेष्ठले सो र जवान पदमा समेत समयमैनै आवेदन फारम भरेका बताए ।
सार्वजनिक भएको लिस्ट नगरपालिकाले उम्मेदवारलाई फोन गर्न तयार गरेको र त्याे लिस्टमा प्रहरी सहायक निरीक्षकको स्वास्थ्य परिक्षणमा सफल उम्मेदवार श्रेष्ठको नाम असार मसान्तको कामको चापले प्राविधिक कारणले छुटेको बताए ।
यता,छनाेट समितिका एक सदस्यले नगर प्रहरी सहायक निरीक्षक श्रेष्ठ सहित सबै उम्मेदवारहरुले अनलाइन प्रणालीबाट राजश्व तिरेर आवेदन दिएका र अनावश्यक कुरा बाहिर आएकाे बताए । उनले उत्तीर्ण भएका सहायक निरिक्षक श्रेष्ठको नाम टाईप गर्ने क्रममा कम्प्युटर अपरेटरले जवान पदमा टाईप गरेका कारण केही समस्या देखिएकाे बताए ।