छोराको जन्म दिनमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

332 Shares

सर्लाहीको हरिवन नगरपालिका १ स्थित कैलाशपुरीमा रहेको मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्राप्त भएको छ ।सर्लाहीको हरिवन नगरपालिका ३ का बिक्की अधिकारीले आफ्नो पाँच बर्षीय छोरा रान्सु राय अधिकारीको जन्म दिनको अवसरमा मानव सेवा आश्रमलाई रु १५ हजार  नगद सहयोग गरेका हुन ।
मानव सेवा आश्रममा अश्रीत मानिसहरुलाई खाद्यन्न तथा अन्य आवश्यक सामाग्रीकालागि थोरै भएपनि राहत पुगोस भनेर आफुले नगद सहयोग गरेको हरिवन नगरपालिका ३ का अधिकारीले बताए ।जन्म दिन तथा अन्य खुसीयालीमा बाहिर बसेर अनावश्यक फजुल खर्च गर्नुको सट्टा दिनदुखिलाई सहयोग गर्दा मानवियता पनि हुने र पुण्य कमाईने भएकाले आफ्ना छोराको जन्म दिनको अवसरमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको उनले बताए ।
यसअघिका जन्म दिनहरु पनि विभिन्न अन्य बृद्वा आश्रम र मानव सेवा आश्रममा मनाएको बताउँदै अधिकारीले यस वर्षको जन्म दिन हरिवन नगरपालिका १ स्थित कैलाशपुरीमा रहेको मानव सेवा आश्रममा आश्रीत मानिसहरुसंग सुख,दुःख एवम सद्भाव बाँडेर एक पटकको भोजना गराएको र नगद रु १५ हजार सहयोग गरेर मनाएको अधिकारीले बताए ।

सम्बन्धित समाचार