सर्लाही प्रहरीद्वारा भन्सार छलीमा संग्लग्न ३ ट्रक सहित ठुलो परिमाणमा भन्सार छलीकाे सामान बरामद्

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-१७ गते   ६४३ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको  एक किराना एवम खाद्य  पसलले भन्सार छलि चोरी पैठारी गरि ल्याउँदै गरेको अवस्थामा तीन वटा ट्रक सहित ठुलो परिमाणमा भन्सार छलीका विभिन्न किसिमका सामानहरु सुरक्षाकर्मीहरुले बरामद् गरेको छ । 


हरिवन नगरपालिका ११ स्थित रहेको सन्तोष डिलरको नामले परिचित सन्तोष साहको रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिले भन्सार छली नेपाल तर्फ विभिन्न किसिमका सामानहरु लिएर आउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमेख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार ना ५ ख १०८,ना ५ ख ७१८३ र प्रदेश २ ०३ ००१ ख ७३६६ नम्बरका तीन वटा ट्रकमा रातो मोटर,हरियो मोटर,चिनी,दाल,जुटको बोरामा चालम,सुजि पिठो,खानेतेल,चिउरा,चना दाल,पापड र काजु गरि ठुलो परिमाणमा बरामद् भएको हो ।

ना ५ ख १०८,ना ५ ख ७१८३ र प्रदेश २ ०३ ००१ ख ७३६६ नम्बरका तीन वटा सवारीसाधनमा गरि  रातो मोटर २० बोरा ,हरियो मोटर ६६ बोरा,चिनी २६ बोरा,दाल ४ बोरा,जुटको बोरामा चालम ४ ,सुजि पिठो ६ बोरा,खानेतेल ४० कार्टुन,चिउरा ३ बोरा,चना दाल २ बोरा,पापड १५ बोरा र काजु ४५ बोरा भन्सार छलिको सामान बरामद् गरिएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनका अनुसार बरामद् गरिएको ट्रकहरु सहित सामानलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ । सो सामान सर्लाहीको कुन सिमा नाकाबाट भन्सार छलि नेपाल प्रवेश गर्यो भन्ने विषयमा अनुसन्धान सुरु भएको तर तीनवटै ट्रकका चालकहरु फरार भएकोले थप विवरण बुझ्ने काम अलि ढिलो भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यता,रोहित एण्ड रितिक ट्रेडर्स प्रा।लिका गोदाममा राजश्व अनुसन्धान कार्यालय पथलंयाको टोलीले सिल समेत गरेको छ । शाखा अधिकृत नारायण खत्रीको टोलीले गोदाम सिल गरेपनि विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech