जिल्ला प्रहरी कार्यालय सर्लाहीले “लागु औषध सेवनकर्ता खोजी एवम् सुधार अभियान २०८३” कार्यान्वयन गर्न अभियानको पहिलो चरण अन्तर्गत जिल्ला स्तरीय सरोकारवाला निकायसंग समन्वयात्मक बैठक गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय,जनकपुरधाम धनुषाद्वारा संचालित“लागु औषध सेवनकर्ता खोजी एवम् सुधार अभियान २०८३”कार्यान्वयन गर्न अभियानको पहिलो चरणको तयारी अन्तर्गत जिल्ला स्तरीय सरोकारवाला निकायसंग समन्वयात्मक बैठक गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा स्थानीय तहका जनप्रतिनिधिहरुका साथै जिल्ला स्थित सुरक्षा निकायका प्रमुख,विभिन्न संघ÷संस्थामा प्रमुख तथा प्रतिनिधिहरु लगायत सरोकारवाला निकायहरु समेतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय, सर्लाहीको सभा हलमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।