Close This

सर्लाहीका १२ सय जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२३ गते   ११०२ पटक हेरिएको

वैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनको मतदान कार्य सम्पन्न गर्नका सर्लाहीमा खटाईने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत वैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनको मतदान कार्य सम्पन्न गर्नका जिल्लाभर खटाईने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई विहिबार र शुक्रबार प्रशिक्षण दिइएको हो ।

देशभरकै सबै भन्दा धेरै २० स्थानिय निकाय रहेको सर्लाहीमा ३ सय १८ वटा मतदानस्थल र  ५ सय ९९ वटा मतदान केन्द्र कायम गरिएको छ । ती प्रत्येक मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई विहिबार र शुक्रबार प्रशिक्षण दिईएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भूजेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा निर्वाचनमा खटिने १ हजार २ सय जना मध्ये बिहीबार  ६ सय जना र शुक्रबार ६ सय जनालाई प्रशिक्षण दिइएको छ ।

मतदान सफल रुपले सम्पन्न गर्नका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाह गर्नुपर्ने जिम्मेवारी, स्थानीय उम्मेद्वारहरुसँग गर्नुपर्ने समन्वय, कानूनी विधि प्रकृया र पाउने सेवा सुविधा लगायत अन्य आवश्यक विभिन्न कुराहरुको जानकारी गराउने उद्देश्यले प्रशिक्षण दिइएको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले कमलामाई मिडिया प्रा.लिलाई जानकारी दिनु भयो ।

प्रशिक्षण कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अध्यक्षता गर्नु भएको थियो भने मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश ध्रुब कुमार पियाको प्रमुख आतिथ्यता रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । सो प्रशिक्षण कार्याक्रममा जिल्लाका चारैवटा सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधिहरुका साथै नेपाल पत्रकार महासंघको समेत प्रतिनिधित्व रहेको थियो ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश पियाले कानूनी व्यावस्था एवम कर्तव्य निर्वाहमा निश्पक्षता लगायत बारेमा प्रशिक्षण दिनु भएको हो । भने प्रमुख जिल्ला अधिकारी गौतमले समग्र जिल्लाको सुरक्षा व्यवस्था, मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाह गर्नुपर्ने भूमिका लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रशिक्षण लिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई वैशाख २४ गते नियुक्ति दिईने र २७ गतेदेखि निर्वाचन सामग्री बुझाईने जिल्ला निार्वचन कार्यालय सर्लाहीले जनाएको छ । २८ गतेदेखि कर्मचारीहरु मतदान केन्द्र पुगेर मतदान कार्यका लागि मतदान स्थलको व्यवस्थापन एवम स्थानीय उम्मेद्वारहरुसँग छलफल लगायतको तयारीमा जुट्ने मुख्य निर्वाचन अधिकृत पियाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech