Close This

आक्राेसित विद्यार्थीकाे भिडद्वारा लालबन्दी नगरपालिकामा ताेडफाेड

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-५ गते   १५२१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका कार्यालयमा ताेडफाेड भएको छ । साेमबार बिहान पुर्व पश्चिम लाेकमार्ग स्थित लालबन्दी नगरपालिका ९ बस्तिपुरमा ट्रककाे ठक्करबाट ज्यान गएका विद्यार्थीकाे क्षेति पुर्ति,पीडितलाई न्याय र दुर्घटनामा संग्लग्न सवारमाथि कडा कार्बाहिकाे माग गर्दै र्यालीमा निस्केका विद्यार्थीहरुकाे समुहले नगरपालिका कार्यालयमा ताेडफाेड गरेका हुन ।
साेमबार बिहान ट्युसन पढ्न जनज्योति मावि हिडेका साेहि विद्यालया कक्षा ९ मा अध्यायनरत चन्द्रनगर गाउपालिका १ का अन्दाजी वर्ष १७ का दिपेन्द्र यादवकाे ट्रककाे ठक्करका कारण घटनास्थलमै ज्यान गएकाे थियाे ।
दुर्घटना गराउने ट्रक  र ट्रकका चालक ईलाका प्रहरी कार्यालय लालबन्दीमा रहेका छन् । आईतबार ईलाका प्रहरी कार्यालय लालबन्दीमा भएको छलफलमा प्रहरी निरिक्षक निर्मल थापाले दुर्घटना भएको २४ घण्टामा सम्बन्धित सवारी धनीलाई झिकाइ छलफल गराउने बताएको भए पनि २४ घण्टा वितिसक्दा पनि प्रहरीले छलफलकाे वातावरण सृजना नगरेकाे भन्दै विद्यार्थीहरु आक्राेसित भएका छन् । उनिहरुले नगरपालिकाले जेब्राक्रस नबनाई दिदा लालबन्दी क्षेत्रमा दुर्घटना बढेकाे भन्दै नगरपालिकामा ताेडफाेड गरेका विद्यालयका प्रधानाध्यापक रामनिवास साहले बताउनु भयाे । प्र. अ साहका अनुसार आक्राेसित विद्यार्थीहरुले पुर्व पश्चिम लाेकमार्ग समेत अवरपारृका छन् । 
लालबन्दी नगरपालिका ९ बस्तिपुर,लालबन्दी नगरपालिका ७ र ६ काे मुख्य बजार तथा सडकमा टायर वालेर प्रहरी विरुद्ध चर्काे नारा बाजि समेत गरेका छन् । प्रधानाध्यापक साहकाे नेतृत्वमा पुगेका विद्यार्थीहरुकाे आक्राेसित भिडले नगरपालिका कार्यालयकाे मुल गेटमा रहेको डिजिटल वाेर्डमा ढुङ्गा प्रहार गर्दा वाेर्डमा पुर्ण रुपमा क्षेति पुगेकाे नगरपालिकाले जनाएकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech