हरिवन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कार्की चयन

554 Shares

सर्लाहीको हरिवन नगरपालिका ८,चापिनी स्थित हरिवन बचत तथा ऋण सहकारी संस्था लि.मा अध्यक्षमा भरत कुमार कार्कीको अध्यक्षतामा सात सदस्यीय संचालक समिति चयन भएको छ ।
संस्थाको २६ औं वार्षिक साधारण सभाले कार्कीको नेतृत्वमा संस्थापक अध्यक्ष विनोद महत उपाध्यक्षमा चयन हुँदा सचिवमा चन्द्र बहादुर उप्रेती (दिपक),कोषअध्यक्षमा बेद कुमारी पौडेल तथा सदस्यहरुमा शारदा रम्तेल,हरि बहादुर दवाडी र मिना भ्लोन चयन भएका छन् ।त्यस्तै,लोकबहादुर योगीको संयोजकत्वमा कुमारी गिता सुवेदी र अशोक थापा सहित तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन भएको छ।
संस्थाले २६ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ मा रु १२ करोड ६३ लाख १९ हजार सात सय ७६ कारोबार गर्दै रु ३१ लाख ९५ हजार तीन सय सात खुद मुनाफा गरेको संस्थाकी निवर्तमान अध्यक्षमा कृष्ण कुमारी पौडेलले जानकारी दिईन् ।

सम्बन्धित समाचार