पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको नगरपालिका ७ स्थित ग्लाेबल आईएमई बैँक अगाडि एकजना माेटरसाईकल चालकले महिला प्रहरी सहायक हबल्दारमाथि हातपात तथा दुर्व्यवहार गरेका छन् ।पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको नगरपालिका ७ स्थित ग्लाेबल आईएमई बैँक अगाडि साेमबार बिहान करिब १२ः१० बजे मधेश प्रदेश ०२-००६ प २४९५ नम्बरकाे माेटरसाईकल चालक सर्लाहीको लालबन्दी नगरपालिका १७ का नाम थर खुल्न बाँकी रहेका एक अधवैँशे मानिस हेलमेट नलागाई आएपछि राेकी चेकजाँग गर्ने क्रममा महिला प्रहरी सहायक हबल्दार लक्ष्मी कुमारी गाेलेमाथि हातपात गर्नुका साथै दुर्व्यवहार गरेका प्रत्यक्षदर्शी स्थानीयले बताए ।
उनीहरुका अनुसार पश्चिमबाट पुर्वतर्फ जाँदै गरेकाे मधेश प्रदेश ०२-००६ प २४९५ नम्बरकाे माेटरसाईकलका चालकले हेलमेट नलगाएका र राेकी सम्झाई बुझाई गर्दा महिला प्रहरी सहायक हबल्दार गाेलेमाथि एक्कासि हातपात गर्नुका साथै दुर्व्यवहार गरेका हुन ।दुर्व्यवहारमा संग्लग्न मानिस र माेटरसाईकल ईलाका प्रहरी कार्यालय लालबन्दीकाे नियन्त्रणमा रहेकाे प्रहरीले जनाएको छ ।