लालबन्दी नगरपालिका १३ र १४ जोड्ने नारायण खोलाको पक्की पुल निर्माण कार्य अलपत्र

672 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १३ र १४ जोड्ने नारायण खोलाको पक्की पुल निर्माण कार्य अलपत्र परेको छ।संघिय सरकारको समपुरक र स्थानीय लालबन्दी नगरपालिकाको ५०÷५० प्रतिशत लगानी गरी रु छ करोड आठ लाखमा समता कन्ट्रक्सन एण्ड सप्लायर्स विर्तामोढ ३ झापाले ठेक्का सकार गरेको भएपनि हाल सम्मपनि निर्माण कार्य अलपत्र परेको छ ।समता कन्ट्रक्सन एण्ड सप्लायर्स विर्तामोढ ३ झापाले २०७९ चैत्र १७ गते २०८० चैत्र १६ गते सम्म निर्माण सम्पन्न गर्ने भन्दै ठेक्का सकार गरेको भएपनि ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणको काम सुरु गरेर मात्रै अलपत्र पारेको लालबन्दी नगरपालिका १४ का वडा अध्यक्ष छेनाम सिंह घिसिङले बताए ।उनका अनुसार ठेकेदार कम्पनी समता कन्ट्रक्सन एण्ड सप्लायर्स विर्तामोढ ३ झापाले पिलरको थोरै काम गरेर विभिन्न वाहना बनाउँदै निर्माण कार्य अलपत्र पारेको हो। 
यता, ठेकेदार कम्पनी समता कन्ट्रक्सन एण्ड सप्लायर्स विर्तामोढ ३ झापाका प्रतिनिधि गोविन्द बस्नेतले आफुहरुले एक करोड ७० लाखको काम गरेको भएपनि आफुहरुलाई नगरपालिकाले भुक्तानी नदिएपछि काम गर्न सक्ने अवस्था नरहेकाले काम रोकिएको बताए ।“हामीले एक करोड ७० लाखको काम सकेर २०८० असोजमा नगरपालिकामा भुक्तानीका लागि विल पेश गरेका थियौँ तर नगरपालिकाले त्यस मध्य ५४ लाख रकम अझैँ भुक्तानी गरेको छैन् ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने र इन्जिनियर रोशन पण्डीतले अहिले नगरपालिकासंग पैसा छैन् । काम रोक्नुस भनेपछि काम रोकिएको हो,हामीले काम गरेको बाँकी ५४ लाख रकम भुक्तानी गरिदिनु भनेर नगरपालिकामा २०८० फागुन ११ गते निवेदन दिएको भएपनि अहिले सम्मपनि काम सकेको रकम पाएका छैँनौँ।”समता कन्ट्रक्सन एण्ड सप्लायर्स विर्तामोढ ३ झापाका प्रतिनिधि बस्नेतले बताए ।उनले आफुहरु नगरपालिकाबाट पीडित भएको समेत बताए ।सो विषयमा बुझ्न नगरपालिकाका इन्जिनियर पण्डीतलाई फोन सम्पर्क गर्दा उनको फोन उठ्न ।
त्यस्तै,२०८० चैत्र १६ गते सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पक्की पुलको काम ठेकेदार कम्पनीले २०८० भदौबाटै छाडेपछि वर्षामा पुलबाट पाखाको बाटो भएर लालबन्दी आउने जाने सपना बुनेका नारायण खोलाबासीलाई पुरानै समस्या र सास्तीले नछाडेको स्थानीय उत्तर कुमार गुर्मछाने मगरले गुनासो गरे ।“आफ्नो गाउँ जाने पाखाको बाटो निर्माण सुरु भएसंगै पक्की पुल पनि निर्माण सुरु भएपछि आफुहरुलाई वर्षाको समयमा खोलाको बाटोको विकल्प भयो भन्ने लागेको थियो तर ठेकेदारले के कारणले काम अलपत्र  छाडेर हिठ्यो।यो वर्षपनि वर्षामा खोलाकै बाटो भएर हिड्नु पर्ने बाध्यताले छाडेन् ।”उनले गुनासो गरे ।

सम्बन्धित समाचार