लालपुर्जा किर्ते गरेर जग्गा बिक्रि गर्ने कार्यमा हरिवनका समीर सक्रिय रहेका आरोप

341 Shares

सर्लाहीको हरिवन नगरपालिका– ९ का जग्गा कारोबारी समीर उप्रेतीले फर्जि लालपुर्जा बनाएर सर्वसाधारणलाई ठगी गरेको रहस्य फेला परेको छ।विगत लामो समयदेखि जग्गाको कारोबार गरी रहेका उप्रेतीले एउटा जग्गाको दुई वटा लालपुर्जा बनाएर एउटै जग्गा २÷३ जनासर्वसाधारण बिक्रि गरेका पाइएपछि उनले फर्जि कागजात बनाएर सर्वसाधारणलाई ठगी गरेको रहस्य फेला परेको हो ।
सर्लाहीको क्षेत्र नम्बर ३ प्रदेश सभा(क)का निवर्तमान प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीका छोरा समेत रहेका उप्रेतीले फर्जी लालपुर्जा तयार गरी सोही लालपुर्जाको आधारमा सर्वसाधारणलाई करोडौँको जग्गा बिक्रि गरेको देखाएर ठगी गरेको रहस्य फेला परेको हो। हरिवन  नगरपालिका–९ निवासी उप्रेती समुहले विरगन्जकी रोनिया शाहलाई जग्गा बिक्रि गरेका र बैँकले पुनःभ्यालुएसन गर्ने क्रममा उत्त जग्गा नरहेको रहस्य फेला परेपछि फर्जि लालपुर्जा बनाएर उप्रेती समुहले ठगी गरेको रहस्य फेला परेको हो ।
समीरकी आमा भीम कुमारी उप्रेतीको नाममा रहेको  हरिवन ५(ख)को १–१–१–८,समीरको नाममा रहेको हरिवन २(ख)को १–२ धुर र अर्काे हरिवन ६(ज)को १–५ धुर जग्गा रु छ करोड ५० लाखमा विरगञ्जकी शाहलाई बिक्रि गरेको तर उक्त जग्गा २०७७ मंसिर २९ मा अर्काे मानिसलाई पहिला नै बिक्रि गरि सकेको समेत पाइएको पीडित शाहले बताईन् ।
मालपोत कार्यालय हरिवनका कर्मचारी नविन निरौला,नापी कार्यालय हरिवनका अमिन सन्जय कापर,लेखन्दाह यज्ञ आचार्य,जग्गा कारोबारी उप्रेती र नारायण दाहालका साथै इन्जिनियर(भ्यालुएटेर) सन्तोष श्रेष्ठ समेतको मिलेमतोमा हरिवन नगरपालिका ७ र ९ को वडाको छाप र वडा अध्यक्षको हस्ताक्षर सहित मालपोत तथा नापीको छापपनि कम्प्युटरमा लगि स्क्यान गरी किर्ते गरेर एउटै जग्गाको दुई वटा लालपुर्जा र श्रेस्ता समेत फर्जि बनाएर बिक्रि वितरण गरेको पीडित शाहको आरोप छ ।
शाहले एनआईसी यसिया बैँकबाट पहिला नै ऋण खाएकी र पछि ऋण थप्ने क्रममा पुन ः भ्यालुएसन गर्ने क्रममा उत्त जग्गाका सवालमा केही शंका सृजना भएपछि मालपोत तथा नापी कार्यालयबाट प्रमाण जुटाउने क्रममा जग्गा नरहेको रहस्य फेला परेको समेत शाहले बताईन् ।त्यसपछि आफ्नो रकम फिर्ता माग्दा जग्गा कारोबारी उप्रेतीले विभिन्न समय थप्दै अनावश्यक धम्की समेत लगाउने गरेका साथै उप्रेतीका बुबा निवर्तमान प्रदेश सभा सदस्य डिल्लीलाई समेत सो कुरा सुनाउँदा तपाई भाग्नु नै राम्रो हुन्छ भन्दै आफुलाई दवाव दिएर आफ्ना छोराको उत्त किर्ते तथा जालसाजी काममा सहयोग पुर्याएको पीडित शाहको आरोप छ।
प्राप्त विवरण अनुसार,उपे्रतीले काठमाडौं तथा सर्लाही भन्दा बाहिरका मानिसहरुलाई जग्गा बिक्रि गर्ने गरेका र कार्यालय समय सकिनै लाग्दा उनीहरुलाई सिधैँ मालपोत कार्यालयमा पुर्याई प्रलोभनमा पारेर जग्गा नदेखाई वा अन्यन्त्रको जग्गा देखाएर हतार हतारमा पास गराउने गरेका र पछि आफ्नो जग्गा कहाँ छ ? भन्ने थाहै नहुने पीडित पक्षको भनाई छ।उप्रेती समुहले खोलाको जग्गा,वनको जग्गा तथा ऐलानी जग्गाका साथै केही स्थानीयको जग्गाको पनि कम्प्युटरमा गएर स्क्यान गरी लालपुर्जा बनाएर ठूलो रकममा बिक्रि गर्ने गरेका पीडित शाहको आरोप छ ।
यसबाट उप्रेतीको समुहले मालपोत कार्यालय र नापी कार्यालयबाट जारी गरिने कागजातहरू हुबहु नक्कल गरी सरकारी छाप दुरूपयोग गर्दै अति गोप्य र व्यवस्थित ढंगले फर्जी लालपुर्जा तयार पारेर सोझासीधा मानिसहरूलाई लक्षित गर्दै संगठित रूपमा ठगीको धन्दा चलाउँदै आएका रहस्य सार्वजनिक भएको हो ।
ती फर्जी लालपुर्जाको आधारमा उनले खोलाको जग्गा,वनको जग्गा साथै केही स्थानीयको जग्गाको पनि फर्जि लालपुर्जा बनाएर अन्यन्त्र बिक्रि गरि सकेको जग्गालाई बहुमूल्य जग्गा भनी खरिदकर्ताहरुलाई विभिन्न प्रलोभन देखाउने,सस्तोमा जग्गा मिलाइदिने बहाना बनाउने तथा सोही नक्कली धितो बैंक तथा वित्तीय संस्थामा देखाएर वा व्यक्तिहरूसँग ऋण लिएर फरार हुने गरेका समेत स्रोतले जनाएको छ ।
सोझा नागरिकहरूले आफ्नो सर्वस्व सुम्पेर खरिद गरेको जग्गा केही काम गरौँ भन्दै ऋण लिन बंैकमा जाँदा लालपुर्जा नै फर्जि तथा जग्गा नै नरहेको थाहा पाएपछि आफुहरु ठगिएको भन्ने पक्ता लाग्ने गरेको भएपनि यस प्रकारको संगठित अपराधका विरुद्ध प्रहरी प्रशासन समेत मौन बसेको पीडित पक्षको आरोप छ ।
सुशासन,पारदर्शिता र कानुनको पालनाको चर्को नारा लगाएर आएको वर्तमान सरकारले पनि यस प्रकारका गतिविधिहरुको निगरानी गर्नु पर्ने स्थानीय बताउँछन् ।स्थानीयका अनुसार राजनीतिक पद र ओहोदालाई शक्तिको स्रोत बनाई सर्वसाधारणको रगत र पसिनालाई लुट्ने यस्ता प्रवृत्तिले लोकतन्त्रको उपहास गरिरहेको छ।जनताको प्रतिनिधित्व गर्नुपर्ने र जनताको हकहितका लागि कानुन निर्माण गर्ने ठाउँमा पुगेका व्यक्तिहरूको परिवार नै यस्ता आपराधिक गतिविधिमा संलग्न हुनु लज्जास्पद विषय रहेको स्थानीय जानकारहरु बताउँछन् ।
यता,कोरोना महामारीको समयमा जग्गा पास गर्न नसकेर समस्यामा परेकोमा सोही समयमा शाह आएकी र आफ्नो लण्ठा सल्टीने भएकाले शाहको सर्त मानेर आफुले जग्गा पास गरि दिएको जग्गा कारोबारी उप्रेतीले बताए।उनले आफुलाई शाहले जम्मा रु ८० लाख मात्रै भुत्तानी गरेका र आफ्नो जग्गा फिर्ता गरिदिनु तपाईको पैसा व्याज सहित फिर्ता दिन्छु भनी पटक–पटक शाहलाई ताकेका गरेको भएपनि आफ्नो जग्गा फिर्ता लिन शाहले अस्वीकार गरेपछि आफुले फिर्ता पाउनु पर्ने रकम फिर्ता पाउन नसकेको उप्रेतीले बताए ।
आफुले शाहलाई ऋण खानका लागि पाँच वर्षका लागि मात्रै जग्गा दिएको र शाहले त्यो जग्गाबाट ऋण खाए वापत आफुलाई ५० प्रतिशत दिने सहमती भएकोमा जग्गाको ऋण करिब साँढे तीन करोड खाएर पनि आफुलाई शाहले रु ८० लाख मात्रै दिएकी समेत उप्रेतीले बताए।कुनै रकम नलिई आफुले जग्गा पास गरि दिएको र भारतबाट नक्कली नोटको कारोबार गर्न थालेपछि शाहहरु फसेपछि आफुलाई अनावश्यक तनाव दिएका उप्रेतीको भनाई छ।उनले शाह पीडित नभएर आफु पीडित भएको समेत दाबी गरे ।
आफ्नो करिब अढाई करोडको सम्पती शाहमाथि रहेको दाबी गर्दै उप्रेतले आफुले कुनैपनि कागजात फर्जि वा किर्ते नगरेको समेत दाबी गरे।तर मालपोत हरिवन स्रोतका अनुसार हस्ताक्षर तथा छाप किर्ते नभई पहिलाको कागजातको कम्प्युटरमा लगेर स्क्यान गरेको हुन सक्ने बुझिएको छ ।
यता,उत्त ऋणको भ्यालुएसन गरेका इन्जिनियर सन्तोष श्रेष्ठले आफ्नो काम भ्यालुएसन गर्ने मात्रै भएकाले ऋण खुवाउने कार्यमा आफ्नो संग्लग्नता नरहेको समेत दाबी गरे।यसका साथै शाह समुहले गोर्खा फाइनान्सका साथै रिलायन्स फाईनान्सबाट खोलाको जग्गा देखाएर ठूलो रकम ऋण खाएका समेत इन्जिनियर श्रेष्ठले आरोप लगाए । 

सम्बन्धित समाचार