सर्लाहीको बागमती युवा क्लब सहिद स्मारक“सी”डिभिजनको लिग च्याम्पियन

216 Shares

सर्लाहीको बागमती युवा क्लब सहिद स्मारक“सी”डिभिजनको लिग च्याम्पियन बनेको छ ।बुधबार(आज)ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको सहिद स्मारक“सी”डिभिजनको लिगको आफ्नो अन्तिम खेलमा पुल्चोक स्पोर्टस् क्लबसँग गोल रहित बराबरीमा रोकिए पनि बागमती युवा क्लबले उपाधि उचालेको बागमती नगरपालिकाको खेलकुद विकास समितिका संयोजक एवम बागमती युवा क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।उनका अनुसार मोफसलमा रहेको बागमती युवा क्लबले यो नतिजासँगै १३ खेलमा ३० अंक जोड्दै च्याम्पियन बनेको हो पुल्चोक समान खेलबाट २२ अंकका साथमा  तेस्रो स्थानमा रहेको छ ।
लामो समयदेखि मोफसलमा रहेर धेरै प्रतियोगिताहरुमा ए डिभिजन लिगका क्लबहरुलाई पराजीत गरि सकेको बागमती युवा क्लबले “बी” डिभिजनमा उक्लिएकै वर्ष च्याम्पियन बनेको बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए ।उनका अनुसार बागमतीले दोस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमी सुर्खेतलाई ४ अंकले पछि पारेको हो ।आरसी ३२ ले बुधबार(आज)नै लिगको अन्तिम खेलमा सानेपा क्लबसँग ३–२ को हार ब्यहोरेको छ ।
यो सिजनमा रानीवन स्पोर्टस क्लब र गोलबजार स्पोर्टस क्लब सिरहा रेलिगेशनमा परेका छन् ।बागमती नगरपालिकाको लगानी र बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको साथ पाएको बागमती युवा क्लबले मधेश प्रदेशकै सबैभन्दा ठूलो धनराशीको राजर्षि जनक कप फुटबल प्रतियोगिता समेत हरेक वर्ष आयोजना गर्दै आएको छ ।
आफ्नै आवासीय स्पोर्ट एकेडेमी सहित आफ्नै खेल मैदान रहेको क्लबको आफ्नै एम्बुलेन्स तथा क्लब बस समेत रहेको बागमती युवा क्लबका अध्यक्ष किस्मत राज मैनालीले बताए । उनका अनुसार खेल क्षेत्रबाट सर्लाहीको पहिचान राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पुर्याउने साथै खेलाडी उत्पादन गर्ने लक्ष्य सहित स्थापना भएको बागमती युवा क्लबले मोफसलमै रहँदा देशका विभिन्न स्थानहरुमा भएका प्रतियोगिताहरुमा निकै उत्कृष्ट प्रदर्शन गर्दै ए डिभिजन लिगका क्लबहरुलाई पराजीत गर्दै आएको थियो ।बागमती युाव क्लब एकै पटक “सी”डिभिजनको लिग च्याम्पियन बन्नुका साथै “बी” डिभिजनमा बढुवा समेत भएको छ ।

सम्बन्धित समाचार