विद्यार्थीका मुद्धा गौण,दलको स्वार्थ प्रमुख हुने स्ववियु निर्वाचन आवश्यक किन

400 Shares

नेपालका विश्व विद्यालयहरूमा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन विद्यार्थीहरूका लागि भन्दा राजनीतिक दलका नेताहरूका लागि महत्वपूर्ण बन्दै गएको छ।विद्यार्थी नेतृत्व विकास र शैक्षिक सुधारका लागि सञ्चालन हुने भनिएको स्ववियु निर्वाचन अहिले राजनीतिक दलहरूको शक्ति प्रदर्शन गर्ने अखडा बनेका कारण विद्यार्थीहरुलाई भन्दा नेताहरुलाई बढी लागेको पाइएको छ।
स्ववियु निर्वाचन आउना साथ देशभरका क्याम्पसहरूमा राजनीतिक दलका शीर्ष नेताहरूको सक्रियता बढ्ेपछि विद्यालयहरुमा ठूलो राजनीति हुन्छ भन्दा अनौठो मान्नु पर्ने छैन्।किनकी यही चैत्र ५ गते देशव्यापी हुने स्ववियु निर्वाचनको तयारीका लागि भन्दै आफ्नो दलका भातृ विद्यार्थी संघ÷संगठनहरुको नाममा ठूलादेखि साना भनिएका सबै दलका नेताहरु कम्बर कसेर लागको छन् ।
विद्यार्थीहरुको निर्वाचन भएपनि विभिन्न दलहरुले गठबन्धन गरेर तथा एक्ला एक्लै निर्वाचनमा होमिएका छन्भने विद्यार्थीहरु घरमा व्यस्त भएका भएपनि दलका नेताहरु मानौ कुनै स्थानीय प्रदेश तथा संघीय निर्वाचनको झैँ दलकै झण्डा बोकेर अभिभावकहरुको घरदैलोमा पुगेका छन् ।
दलका नेताहरु स्ववियुको चुनावी खर्च जुटाउन र प्रचार अभियान सञ्चालन गर्न प्रत्यक्ष भूमिकामा देखिएर स्ववियु निर्वाचन जित्दा दलहरुले जित्ने र हार्दा दलहरुले नै हार्ने जस्तो राजनीतिक प्रतिष्ठाको रुपमा लागि परेका देखिएका छन् ।
सर्लाहीमा स्ववियु निर्वाचन हुने चार वटा क्याम्पसहरु मध्य कर्मैया आर्दश जनता क्याम्पस बागमती बाहेक जनज्योती बहुमुखी क्याम्पस लालबन्दी,चर्तुभुजेश्वर बहुमुखी क्याम्पस सुखेपोखरी हरिवन र मलंगवामा रहेको सर्लाही क्याम्पसमा यहि चैत्र ५ गते स्ववियु निर्वाचन हुने छ ।कर्मैया आर्दश जनता क्याम्पस बागमतीमा भने नेकपा(माओवादी केन्द्र)को भातृ विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) सर्व सहमत चयन भएको छ ।
दलका नेताहरूलाई किन स्ववियु आवश्यक ?
स्ववियु निर्वाचनबाट भविष्यका नेता उत्पादन गर्ने थलो बनाउन दलका नेताहरुले चासोका साथ हेरेका छन्।नेपालमा धेरै शीर्ष नेताहरू स्ववियुबाट राजनीति सुरु गरेका छन्।स्ववियु जितेका विद्यार्थी नेताहरू पछि राष्ट्रिय राजनीतिमा स्थापित हुने गरेका देखिएको छ।त्यसैले दलका नेताहरूलाई स्ववियु भविष्यका नेता उत्पादन गर्ने कारखाना जस्तै लाग्ने गरेको पाइएको छ ।
सर्लाहीका तीन वटा मध्य जनज्योती बहुमुखी क्याम्पस लालबन्दीमा नेकपा(एमाले)निटक अनेरास्ववियु, नेकपा(माओवादी केन्द्र)निकट अनेरास्ववियु(क्रान्तिकारी) र नेकपा(एकिकृतसमाजवादी) निकट अनेरास्ववियु(एस) गरी तीन दलका तीन विद्यार्थी संगठनहरु एकातिर छन् भने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ एक्लै अर्कातिर छ।चर्तुभुजेश्वर बहुमुखी क्याम्पस सुखेपोखरी हरिवनमा नेकपा(माओवादी केन्द्र)निकट अनेरास्ववियु(क्रान्तिकारी) र नेकपा(एकिकृत समाजवादी) निकट अनेरास्ववियु (एस) एकातिर छ भने नेकपा(एमाले)निटक अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ अर्कातिर छ।त्यस्तै,सर्लाही क्याम्पस मलंगवामा नेकपा(एमाले)निटक अनेरास्ववियु,नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका साथै मधेशवादी विभिन्न दलहरुका फरक फरक उम्मेदवारहरु रहेका छन् ।
शक्ति सन्तुलनको परीक्षा
राजनीतिक दलहरूले आफ्नो पकड कति बलियो छ भन्ने परीक्षण स्ववियु चुनावबाट गर्छन्।स्ववियु चुनावमा जित्ने विद्यार्थी संगठन बलियो भए भविष्यको राजनीतिमा आफ्नो वर्चस्व रहने विश्वास नेताहरूको हुन्छ ।
क्याम्पस नियन्त्रण गर्ने रणनीति
सरकारी क्याम्पसहरूमा आफ्नो संगठन हावी गराउन नेताहरू सक्रिय रहन्छन्।विश्व विद्यालय प्रशासनमा प्रभाव पार्न स्ववियुलाई दबाबको रूपमा प्रयोग गरिन्छ।
त्यसैगरी,दलहरूले स्ववियु जितेका विद्यार्थीलाई स्थायी कार्यकर्ता बनाउने लक्ष्य राख्छन्।चुनाव जितेकाहरूलाई पछि पार्टीका विभिन्न तहमा जिम्मेवारी दिइन्छ।स्ववियु निर्वाचन विद्यार्थी स्वायत्तताको नाममा भए पनि व्यवहारिक रूपमा राजनीतिक दलकै नियन्त्रणमा स्ववियु निर्वाचन हुने गरेको जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार उम्मेदवार छान्न तथा प्रचार प्रसारका लागि पार्टीकै स्रोतसाधन प्रयोग गरिन्छ। स्ववियु जित्नका लागि पैसा र बाहुबल प्रयोग गर्न दलका नेताहरू पछि पर्दैनन्।जसका कारण कतिपय ठाउँमा धाँधली,धक्का धक्की र हिंसा समेत हुने गरेका छन् ।
विद्यार्थी मुद्दा गौण,दलको स्वार्थ प्रमुख
स्ववियु निर्वाचनको मूल उद्देश्य विद्यार्थीका हकअधिकार र शिक्षामा सुधार ल्याउनु हो।तर,परीक्षा समयमा हुँदैन तर विद्यार्थी नेताहरू यसमा चासो देखाउँदैनन्।शुल्क अस्वाभाविक रूपमा वृद्धि हुन्छ तर स्ववियु नेताहरू पार्टीको स्वार्थमा व्यस्त रहन्छन्।शिक्षाको गुणस्तर खस्कँदै जान्छ तर विद्यार्थी संगठनहरूले राजनीतिक दलको भजन गाइरहेका हुन्छन्।जसका कारण पनि स्ववियु निर्वाचन दलहरुका नेताहरूको उर्वरभूमि हो भन्न सकिने एक जानकारले बताए ।उनीहरुका अनुसार “विगतका स्ववियु निर्वाचनहरू हेर्दा विद्यार्थीभन्दा दलका नेताहरूलाई बढी फाइदा पुगेको देखिन्छ।विद्यार्थी संगठनहरू भातृ संगठनको रूपमा मात्रै काम गरिरहेका छन्।चुनावी प्रतिस्पर्धा विद्यार्थी मुद्दामा नभई राजनीतिक दलको स्वार्थमा केन्द्रित छ।नेताहरूले स्ववियुलाई आफ्ना लागि भरपर्दो शक्ति बनाएका छन्।”
यता,स्ववियु निर्वाचनलाई साँच्चिकै विद्यार्थीका लागि प्रभावकारी बनाउने हो भने,राजनीतिक दलको हस्तक्षेप हटाउन आवश्यक रहेको शिक्षाविद्धहरु बताउँछन्।नत्र,यो चुनाव विद्यार्थीका लागि भन्दा दलका नेताहरूका लागि मात्र उपयोगी हुने उनीहरुको भनाई छ ।

सम्बन्धित समाचार