Close This

लालबन्दी ९ मा हिलोमा डुबेर एक जनाको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-२६ गते   ४०६ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा बिहीबार धाराको पानी जमेको हिलोमा डुबेर एक जनाको ज्यान गएको छ । लालबन्दी नगरपालिका ९ बस्तीपुर बस्ने अन्दाजी वर्ष ४५ का भुवन सुस्लिङ घर नजिकै रहेको धाराको पानी जमेको हिलो डुबेर ज्यान गएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
प्रहरीका अनुसार सुस्लिङ घर नजिकै रहेको धाराको पानी जमेको हिलोमा लडी रहेको अवस्थामा उद्धारगरि उपचारका लागि तत्काल लालबन्दी नगरपालिका ६ स्थित रहेको लालबन्दी मोडेल अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।  सुस्लिङलाई पहिले देखि नै छारे रोग रहेको परिवारले बताएका छन् ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech