सर्लाहीको ईश्वरपुर नगरपालिका ९ खोरिया टोलमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । इश्वरपुर नगरपालिका ९ खोरिया टोलमा मोटरसाईकल र ट्याक्टर एक आपसमा ठोकिदा एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
इश्वरपुर नगरपालिका ९ खोरिया टोल स्थित मोहनपुरबाट बयलवास तर्फ आउदै गरेको ज ११ प ५८६४ नम्बरको मोटरसाईकलाई बयलवासबाट खोरिया टोल तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त २४४० नम्बरको ट्याक्टरले ठक्कर दिदाँ एक जनाको ज्यान गएको ईलाका प्रहरी कार्यालय बयलवास,केशरगन्जका प्रहरी प्रमुख प्रहरी निरिक्षक रोशन थापाले जानकारी दिए ।
ज्यान जानेमा महोतरीको मोटरसाईकलका चालक सोन्मा गाउँपालिका २ का अन्दाजी वर्ष ३५ का उदयकुमार साह रहेका प्रहरी निरिक्षक थापाले जानकारी दिए ।बुधबार बिहान भएको सवारी दुर्घटनामा घाईते भएका साहलाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात प्रादेशिक अस्पताल जनकपुर तर्फ पठाइएकोमा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा संग्लग्न मोटरसाईकल,ट्याक्टर र ट्रयाक्टरका चालकलाई इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासको नियन्त्रणमा राखेर थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ । शव पोष्ट माटम पश्चात पीडित पक्षले मृतक साहको शव बुझेका छन् ।
त्यस्तै ईश्वरपुर नगरपालिका ६ राधा कृष्णा मन्दिरको प्राङ्गणमा एक वेवारिसे शब फेला परेको छ । नामथर वतन खुल्न नसकेको अन्दाजी ३२÷३३ वर्षको एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले जनाएको छ ।शवलाई पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखिएको इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले जनाएको छ ।