Close This

नवलपुरमा आधुनिक स्वागत गेटको सिलान्यास

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-६ गते   ५०४ पटक हेरिएको

सर्लाही जिल्ला क्षेत्र नं. १ का संघिय सभा सदस्य प्रमोद साह आधुनिक स्वागत गेटको शिलान्यास गर्दै

मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत नवलपुरमा स्वागत गेट निर्माण हुने भएको छ । सर्लाही जिल्ला क्षेत्र नं. १ का संघिय सभा सदस्य प्रमोद साहले शनिबार शिलान्यास गरेपछि नवलपुरमा स्वागत गेट निर्माण हुने भएको हो । 
जनता समाजवादी पार्टीका संघिय सभा सदस्य साहले आफ्नो स्थानिय साझेदारी पूर्वाधार विकासको रकमबाट नवलपुर चौकमा स्वागत गेट निर्माणका लागि शिलान्यास गर्नुभएको हो । 
बिजुली बत्ती सहित आधुनिक स्वागत गेटको निर्माण असार महिनामै सम्पन्न गरिने संघिय सभा सदस्य साहले जानकारी दिनुभयो ।  नवलपुर चौकमा स्वागत गेट तथा नवलपुरमै छठ घाटमा स्वागत गेट सहितको घाट निर्माण यसै महिनामा सपन्न हुने उहाँले जानकारी दिनुभयो ।

आफ्नो निर्वाचन क्षेत्रमा हाईवेसंग जोडिएका सबै लिंक रोडमा आफ्नो पूर्वाधार विकासको रकमबाट स्वागत गेट निर्माण गरिने सांसद साहले बताउनुभयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech