सार्वजनिक जमिन हडप्न जनप्रतिनिधिदेखि स्थानीय सम्म सक्रिय,प्रधानाध्यापक मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-४-२९ गते   ८६९५ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको महादेव जनता माविको जमिन स्थानीय तह र स्थानीयको मिलेमतोमा हडप्ने प्रयास भएको छ ।हरिवन नगरपालिका ८ स्थित चापिनी नदी किनार नजिकै रहेको महादेव जनता माविको जमिन हरिवन नगरपालिका ८ का वडा अध्यक्ष र स्थानीयको मिलेमतोमा हडप्ने प्रयास भएको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार महादेव जनता माविको नम्बरी १ बिघा ८ कठ्ठा जमिनसंग सिमाना जोडिएको विद्यालयले लामो समयदेखि भोगचलन गरि रहेको विद्यालयको स्वामीत्वमा रहेको ऐलानी जमिन हरिवन नगरपालिका ८ का वडा अध्यक्ष प्रज्वल ढुंगाना र स्थानीय गेहेन्द्र सुवेदीको मिलेमतोमा हडप्ने प्रयास भएको हो ।
 स्थानीय सुवेदीले विगत लामो समयदेखि विद्यालयको सो जमिन ठेक्का गर्दै आएका र सो जमिनसंग जोडिएको खुल्ला ऐलानी जमिन पनि उनैले विद्यालयसंग ठेक्का लिएर विगत लामो समयदेखि भोगचलन गर्दै आएका प्रधानाध्यापक जय शंकर सिंहले बताए ।उनका अनुसार विद्यालयको नाम र स्वमीत्वमा रहेको सो जमिन वार्षिक रु ५० हजार विद्यालयलाई दिने सर्तमा २ कार्यकालका लागि सुवेदीले ठेक्का गरेका थिए ।सोही समयमा सुवेदीले ऐलानी जमिनको माटोकाटी बेचि विद्यालयको नाममा रहेको नम्बरी जमिन ठेक्का गर्न छाडेका भएपनि ऐलानी जमिन आफ्नो नाममा गराउने तयारी गरेका थाहा पाइएको प्रधानाध्यापक सिंहले बताए ।
उनका अनुसार विद्यालयको नाममा रहेको नम्बरी जमिनसंग सिमाना जोडिएको विद्यालयको स्वामित्वमा रहेको ऐलानी जमिन सुवेदीले वडा कार्यालयमा गई आफ्नो नाममा गराउने प्रयास गरेका थाहा पाएपछि विद्यालयले आफ्नो जमिन हो भनी वडा कार्यालयलाई लेखि पठाएको प्रधानाध्यापक सिंहले बताए ।
वडा कार्यालयलाई पत्र लेखेको भएपनि सो पत्र हरिवन नगरपालिकामा पुगि विवरण स्पष्ट नभएको भनि फेरी विद्यालय मै फर्किएर आएको विद्यालय प्रशासनले जनाएको छ । विगत लामो समयदेखि विद्यालय व्यावस्थापन समिति नहुनु र विद्यालयले पनि लामो समयदेखि ठेक्का नलगाई जमिन खाली राख्नुका साथै नम्बरी जमिनमा मात्र घेराबेरा गर्नुले पनि विद्यालयको जमिन हडप्ने काममा विद्यालयका प्रधानाध्यापक सिंहको समेत संग्लग्नता रहेको हुन सक्ने स्थानीयले बताएका छन् ।
यता,भुमि सम्बन्धी ऐन अनुसार १० वर्ष भन्दा बढी समयदेखि चोगचलन गरि रहेको ऐलानी जमिन सम्बन्धीत व्यक्तिको नाममा गर्न मिल्ने भएकाले सोही अनुसार आफुले सिफारिस गरेको हरिवन नगरपालिका ८ का वडा अध्यक्ष ढुंगानाले बताए ।उनले भने सिफारिस गर्दा विद्यालयले हकदाबी नगरेको र सिफारिस पछि अस्पष्ट पत्र पठाएको छ ।वडाले स्पष्ट पत्र पठाउन भनेको र विद्यालयले स्पष्ट पत्र पठाएमा समस्याको समाधान खोजीने वडा अध्यक्ष ढुंगानाले बताए ।
त्यसैगरी हरिवन नगरपालिका ८ स्थित पुरानो बजारमा रहेको १८ कठ्ठा सार्वजनिक जमिन पनि वडा अध्यक्ष ढुंगानाको मिलेमतोमा स्थानीयले हडप्न खोजेका छन् ।विगत लामो समयदेखि सो सार्वजनिक जमिनमा स्थानीय बसोबास गरि रहेका र पटक पटक किनबेच भएका कारण आफुले सो जमिनको पनि सिफारिस दिएको वडा अध्यक्ष ढुंगानाले स्वीकार गरे ।उनले हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी सहितको संग्लग्नतामा सो जमिनमा विद्युतीकरण लगायतका काम भएका र यसमा नगर प्रमुख बुढाथोकी समेत संग्लग्न भएपछि आफुले साथ दिएको वडा अध्यक्ष ढुंगानाले बताए ।
सोही स्थानमा रहेको माृतिपुर एक विद्यालयको १ बिघा १० कठ्ठा जमिन पनि मोहीवाला र स्थानीयले हडप्न खोजेका छन् । मोहीवालाले लामो समयदेखि भोगचलन गरेका कारण हडप्ने प्रयास गरेपछि विद्यालयले भुमि आयोग सर्लाहीमा उजुरी दिएकोमा भूमि आयोग सर्लाहीले विद्यालयको पक्षमा निर्णय गरेपनि मोहावालाहरुले उच्च हदालत जनकपुरमा पुन निवेदन दिएपछि त्यहाँबाट मोहीवालाको पक्षमा निर्णय आएको हरिवन नगरपालिका ८ का वडा अध्यक्ष ढुंगानाले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech