Close This

प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१ गते   ४१७ पटक हेरिएको

प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । जेठ २५ गते प्रदेशसभा बैठकमा प्रदेश २ प्रमुख तिलक परियारले प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । शनिवार बसेको चौथो अधिवेशनको ९ औं बैठकमा मुख्यमन्त्री लालबाबु राउतले  आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव संसदमा पेस गर्ने कार्यक्रम थियो तर सत्तापक्षका केही सांसदहरूले सरकारलाई मतदान नगर्ने भएपछी सभामुखले कार्यसूचीबाट हटाउनुभएको थियो । 

राजपा र संघिय समाजवादी पार्टी एकिकरण भई जनता समाजवादी पार्टी बने पनि प्रदेश सभामा दुवै पार्टी अहिले पनि अस्तित्वमा छ । राजपा र संघिय समाजवादी पार्टीका धेरै सांसदहरूले आ ब २०७५/०७६ मा भएको करिब ८६ करोडको कामको भुक्तानी हाल सम्म सरकारले नगरेको प्रती अशन्तुष्ट थिए । 
निती तथा कार्यक्रममा भुक्तानीको कुरा आएपनि  बिगतमा सरकारको क्रियाकलापले विश्वास गर्ने अवस्था नरहेकोले राजपाका चारजना सांसद उपेन्द्र महतो, बिदेश्वर प्रसाद यादव ‘विक्की’ रमेश पटेल र नेत्र बिक्रम शाहले सरकारले भुक्तानिको सुनिश्चितता नभए सम्म सरकारको पक्षमा मतदान नगर्ने भनेर अडान लिनुभयो ।  

शनिवार राती १२ बजेसम्म प्रदेशका मुख्यमन्त्री देखी मन्त्रीहरूले पर्टीका अध्यक्षहरू समक्ष हारगुहार गर्नुको साथै राजपाका संसदीय दलका नेता जितेन्द्र सोनारले सरकारको निती तथा कार्यक्रमको पक्षमा मतदान गर्न हृवीप नै जारी गर्नुभयो । तर सांसदहरूले आफ्नो माँग जनतासँग सरोकार राख्ने भएकोले आर्थिक वर्ष २०७५/०७६ मा भएको करिब ८६ करोडको कामको भुक्तानी सुनिश्चित नभएसम्म मतदान नगर्ने बरू संसदबाट राजिनामा दिने अडान पार्टी अध्यक्षहरूलाई सुनाउनुभएको छ । 
तत्पश्चात् मात्र राती भरी लगाएर बिभिन्न मन्त्रलयहरूले आ–आफ्नो मन्त्रालयको बक्यौता रकम कम्प्यूटरमा बसेर बजेटमा समावेश गरेको थियो । आइतबार ३२ गते चौथो अधिवेशनको १० औं बैठक बस्नुपूर्व मुख्यमन्त्रीले बिदेश्वर प्रसाद यादव ‘विक्की’ रमेश पटेल र नेत्र बिक्रम शाहलाई मधेश भवनमा भेंटी पुरानो रकम रात भरी कामगरेर आगामी बजेटमा सुनिश्चितता गराएको जानकारी गराउनुभएको थियो भने काठमाण्डौ रहनुभएका प्रदेश सांसद उपेन्द्र महतोलाई फÞोन मार्फत जानकारी गराउनुभएको थियो । सांसद महतो अनलाईबाट नै संसद बैठकमा सहभागी हुनुभएको थियो ।  

यसरी लामो रस्साकस्सी पश्चात प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम आइतबार बसेको चौथो अधिवेशनको १० औं बैठकले बहुमतले पारित भएको थियो । प्रदेश २ सभाको अर्को बैठक आज सोमबार साँझ ५ बजे बस्दैछ जसमा सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिजय यादवले अगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech