नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य बैंकिङ् कसुरमा पक्राउ परेका छन्।सर्लाहीको बरहथवा नगरपालिका १६ गंगापुर सितापुर निवासी अन्दाजी वर्ष ४३ का विश्वजीत डिसी भनिने राम किशोर राय यादवलाई बैंकिङ् कसुरमा उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा यादव विरुद्ध बैंकिङ् कसुरमा उजुरी दर्ता भएपछि प्रहरीले खोजी गरि राखेको भएपनि उनी लुकीछिपि बस्दै आएका र बरहथवा नगरपालिका ६ स्थित बरहथवा बजारबाट पक्राउ गरिएको हो ।
उनी विरुद्ध ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा नौ लाख ९५ हजार बैंकिङ् कसुर गरेको आरोपमा उजुरी दर्ता भएको थियो।विगत लामो समयदेखि लुकीछिपी बस्दै आएका यादवले धेरैजनालाई विभिन्न किसिमका प्रलोभनमा पारेर रकम लिने र नतिर्ने तथा विभिन्न किसिमका प्रलोभनमा पारेर रकम असुली गर्ने गरेका समेत अुल्न आएको प्रहरी स्रोतले जनाएको छ ।