राजमार्ग अतिक्रमण गरेर ब्यापार, दुर्घटनाको जोखिम बढ्दै

2.3k Shares

  सर्लाहीका मुख्य बजारहरु लालबन्दी र हरिवनको मुख्य चोकमा सडक मिचेर व्यापार व्यवसाय गरिंदा दुर्घटनाको जोखिम बढेको छ । लालबन्दी र हरिवनको पूर्व–पश्चिम लोकमार्गमा स्थित बस पार्क र सडक पेटीमा सडक अतिक्रमण गरी व्यापार व्यवसाय गर्ने क्रम बढ्दै गएकोे हो ।
जिल्लाकै व्यापारिक केन्द्रको रुपमा रहेका मुख्य बजारहरु लालबन्दी र हरिवनमा सञ्चालित विभिन्न पसल व्यवसायिहरुलाई पटक–पटक आफ्नो व्यावसाय हटाउन आग्रह गरेको भएपनि  प्रभावकारी बन्न सकेको छैन् । यी बजारहरुमा ब्यापारीहरुले बिहानैदेखि राजमार्ग अतिक्रमण गरेर फलफुल लगायत बिभिन्न समाग्री किनबेच गर्दै आएका छन् ।
सडकमै हुने गरेको ब्यापारका कारण दुर्घटनाको जोखिम दिनानु,दिन बढदै गएको ट्राफिक प्रहरीले जनाएको छ । व्यास्त सडक र तिब्र गतिमा आएका सवारी साधनहरुले कतिबेला कहाँ र कति क्षेती गर्छ भन्ने अनुमान पनि लगाउन नसकिने स्थानिय व्यापारी किसान महत्तोले बताएका छन् ।
लोकमार्गमा ब्यापार गर्ने ब्यापारीहरुले ठेला तथा घुम्ती जस्तै रेडिमेन्ट घर ल्याएर ब्यापार गर्ने गरेको भएपनि नियमकारीहरु निकायहरु मौन रहेको व्यापारीहरुको आरोप छ । फुटफुट तथा लोकमार्ग अतिक्रमण गरेर ब्यापार गर्ने ब्यापारीहरुलाई करको दायरामा समेत ल्याउने 
प्रयास नगरि दिँदा मनोमानी बढेको बुझिएको छ ।
लोकमार्ग अतिक्रमण गरेर ब्यापार गर्ने ब्यापारीलाई ट्राफिक प्रहरीले समेत पटक पटक हटाउन आग्रह गरेको भएपनि व्यापारी व्यावसायीहरुले अटेर गरेका छन् भने स्थानिय सरकारले पटक पटक हटाउँदा समेत अटेर गरेका लालबन्दी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरेन्द्र न्यौपाने(कुमार)ले बताउनु भयो । उहाँका अनुसार आफुहरुले पटक–पटक हटाउने प्रयास गरेपनि फुटफाटका ब्यापारीहरुले हटाएको दिन हटाउने र भोली पल्ट फेरी आएर सोही स्थानमा ब्यापार गर्ने गरेको छन् । नगरपालिकाको आफ्नै भित्रि बजार व्यावस्थीत नरहेको कारण पनि केही समस्या आएको हरिवन नगरपालिका १० का वडा अध्यक्ष शम्भु मैनालीले बताउनु भयो ।
पहुंच भएकाहरुले सडक मिचेरै बनाएको संरचना हटाउन वास्ता नगरिएको तर निमुखाहरु माथी प्रशासन र स्थानिय सरकार पनि निर्मम भएको व्यापारीहरुको भनाई छ । लालबन्द िर हरिवनमा लोकमार्ग तथा सडक अतिक्रमण गरेर ब्यापार व्यावासाय मात्र नभई पार्किङको उचित सुविधा समेत नहुदा अटो, ई–रिक्सा तथा माल ढुवानी गर्ने ठेलाहरु पनि लोकमार्गमै लगाउने गरेका छन् ।

सम्बन्धित समाचार