न्यायको माग गर्दै बहुजन पार्टी अनिश्चीत कालीन धर्नामा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२ गते   ९५ पटक हेरिएको

जिल्ला प्रशासन कार्यालय सर्लाहीको मुल गोटमा न्यायको माग गर्दै बहुजन एकता पार्टी नेपालले धर्ना दिएको छ । बहुजनले गएको ५ दिन देखि जिल्ला प्रशासन कार्यालय सर्लाहीको मुल गेटमा धर्ना दिएको हो । पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजन पार्टीका अन्य केन्द्रिय प्रतिनिधीहरु धर्नामा बसेका छन् । 
जेठ १२ गते जिल्लाको चक्रघट्टा गाउंपालिका २ का जसोधा देवी  र रामविनेश रायले अजय महरालाई काम लगाई दिन्छु भन्दै ललाई फकाई लगेको र ६ महिना बिती सक्दा पनि आफ्ना छोरा घर नफर्के पछि प्रहरी कार्यालयमा उजुरी दिन जादा प्रहरीले उजुरी लिन नमानेपछि पीडित र पार्टी अनिश्चीत कालीन धर्नामा बसेका छन् ।
जिल्लाकैे चन्द्रनगर गाउंपालिका ६ बस्ने जगदिस माझी र नन्दलाल माझी इश्वरपुर नगरपालिका ३ बस्ने सुमन भुजेललाई पनि स्थानीय एक ठेकेदारले काम लगाइ दिन्छु भन्दै भारत लगि श्रमशोषण गरेका र खानामा विभिन्न अखाद्य परिकार मिसाएर खान दिदा बिरामी परि उनिहरुको ज्यान समेत गएको थियो । 
ठेकेदार उपर कुनै कार्वाही नभएपछि दलित समुदाय जहिले पनि दमन र शोषणको सिकार भएको भन्दै बहुजनले दोषी उपर कडा कार्वाहीको माग,परिवारलाई क्षतिपुर्तीको व्यवस्था राज्यले गर्नुपर्ने भन्दै अनिश्चितकालिन धर्नामा बसेको पार्टीका राष्ट्रियका वरिष्ट नेता राजाराम पासवानले बताउनु भयो ।
शान्तीपुर्ण धर्नालाई आफुहरुले सहज रुपमा बुझेको र आन्दोलनरत नागरिकहरुका माग सम्बोधन गर्न जिल्लाको सरोकारवाला निकाय हरदम प्रयत्न सिल रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताउनु भयो ।
पीडित परिवारको जाहेरी प्रहरीले तुरुन्तै दर्ता गरि बेपत्ता पारिएकालाई खोजी कार्य गर्नुपर्ने,मृत्यु भएका दलित मजदुरका दोषीहरुलाई कानुनको दायरामा ल्याएर पीडित परिवारलाई अविलम्ब क्षतिपुर्तीको व्यवस्था राज्यले गर्नु पर्ने माग राख्दै आफुहरु धर्नामा बसेको राष्ट्रिय अध्यक्ष हरिनन्दन रंजनले बताउनु भयो । कानुनी राज्य,सार्वभौम राज्यमा अझैपनि जातियता,धार्मीक,भाषिक र वर्गियताको आधारमा गरिने व्यावहार परिवर्तन हुनु जरुरी छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech