पुर्व जनमुक्ति सेना संघ सर्लाहीले आफ्नो २१ औँ जनमुक्ती सेना दिवस मनाएको छ । टंक बोहोराको अध्यक्षता तथा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम प्रदेश नं.२ का अध्यक्ष प्रलहाद बुढाथोकीको प्रमुख आतिथ्यतामा बागमतीमा एक कार्यक्रमको आयोजना गरी पुर्व जनमुक्ति सेना संघ सर्लाहीले आफ्नो २१ औँ जनमुक्ती सेना दिवस मनाएको हो ।
बागमती नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रदेश सचिव श्रवण यादव नेकपा(माओवादी केन्द्र)सर्लाहीका सह ईन्चार्ज लुमणि धिताल(लोचन) र प्रदेश कमिटी सदस्य तथा बागमती नगरपालिकाका नगर प्रमुख भरत थापा,वाईसियल नेपाल प्रदेश २ का संयोजक सन्देश श्रेष्ठ लगायत पुर्व जनमुक्ति सेना,घाइते –अपांग ,वेपत्ता तथा सहिद परिवारजनका आपन्तको आतिथ्यता रहेको थियो ।
तत्कालीन नेकपा(माओवादी)ले शुरु गरेको जनयुद्धका क्रममा अहम भुमिका खेलेका जनमुक्ती सेना शान्ती सम्झौता पछि केही नेपाली सेनामा समाहित भएका थिए भने केही पुर्व लडाकुको नाममा क्वान्टोनमेन्ट छाडेका थिए ।