सर्लाहीको बागमती नदी क्षेत्रमा सरकारी संयन्त्रकै संलग्नतामा प्राकृतिक स्रोतको दोहन भइरहेको छ।बागमती नदीको पूर्वी किनार सर्लाही तर्फ अवैध रूपमा सञ्चालनमा रहेका मोबाइल क्रसर उद्योगहरूलाई सुरक्षा निकायको संरक्षणमा दोहन कार्य तीव्र पारिएको पाइएको छ ।सर्लाहीको बसबरिया गाउँपालिका २ अन्तर्गत मानपुर गाउँ पश्चिमको बागमती नदी किनारमा हाल पाँचवटा अवैध मोबाइल क्रसर सञ्चालनमा रहेका छन्।क्रसर माफियाले स्थानीय प्रहरी चौकी मानपुर,इलाका प्रहरी कार्यालय बरहथवा,सशस्त्र प्रहरी बेस मनुष्मारा र सुन्दरपुर चहोर्वाका साथै जिल्लाका उच्च सुरक्षा प्रमुखहरूलाई समेत प्रभावमा पारेर अवैध उत्खन्नलाई निरन्तरता दिइरहेको स्थानीयको आरोप छ ।

बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय यादवले बालुवा,ढुंगा र गिट्टी निकासीका लागि कुनै पनि ठेक्का नदिएको स्पष्ट पारेका छन्।उनका अनुसार गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन बिना कुनै पनि ठेक्का दिने नीति नलिए पनि ठूलो रकमको चलखेलमार्फत स्थानीय प्रहरी प्रशासनकै मिलेमतोमा नदी दोहन भइरहेको हो।

२०५० मा भीषण बाढीले चुरे क्षेत्रबाट बगेर आएका ढुंगा(गिट्टी अहिले जिल्लाका भू माफियाहरुका साथै क्रसर माफियाहरुको नाममा प्रयोग हुँदै दोहन भइरहेको छ।केही किसानहरुले आफ्नै खेतमा क्रसर राखेर उत्खन्न गरेको भन्दै प्रहरी प्रशासन समक्ष जानकारी गराए पनि प्राविधिक कानुनको उल्लंघन गर्दै दोहन कायमै रहेको छ।यसले स्थानीय प्रशासन र सरोकारवाला निकायहरूको भूमिकामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले अवैध क्रसरबारे अनभिज्ञता जनाउँदै प्रश्न टार्ने प्रयास गरेका छन्।“अवैध रुपमा मोबाइल क्रसर राखेर चलाउन पाइन्छ ?”भन्ने हाम्रोे प्रश्नमा उनी नाजवाफ भए ।बसबरिया गाउँपालिका २ स्थित भैसासुर घाटमा अवैध क्रसर सञ्चालनका बाबजुद कुनै पनि निकायबाट औपचारिक प्रतिवाद नहुँदा माफियाको मनोबल झनै बढेको छ ।

क्रसर सञ्चालनबारे बसबरिया गाउँपालिकालाई कुनै जानकारी गाउँपालिकाले गैर जिम्मेवार जवाफ दिएको छ ।जिल्लामा मापदण्ड विपरित सञ्चालित क्रसर उद्योगहरुका विषयमा आफुलाई कुनै जानकारी नभएको बताउँदै छिट्टै अनुगमन गरी आवश्यक कारबाही गर्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए ।
त्यस्तै,हरिपुर नगरपालिका ८ मा लखन्देही नदीमा अवैध उत्खन्न भइरहेको पाइएको छ।हरिपुर नगरपालिकाले हरिपुर नगरपालिका ८ स्थित लखनदेही नदीमा अवैध तरिकाले नदीजन्य पदार्थको उत्खन्न भएको पाइएको छ।बोलपत्र आव्हान अजोस १४ गते र कार्तिक ५ गते आशय स्वीकृत गरी सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ प्रयोजनका लागि हरिपुर नगरपालिका ८ स्थित लखनदेही खोलाकोे नहरको पुल देखी हरिपुर नगरपालिका ९ को पिडारी सम्म १८ लाख २० हजार सात सय ८९ रुपैँया सात पैसामा श्री न्यू जय हनुमान जेनेरल अर्डर सप्लायर जनकपुर १४ धनुषाले ठेक्का पाएको छ ।
आर्थिक वर्षको अन्त्यमा हरिपुर नगरपालिकाले हतार हतारमा नदीजन्य पदार्थको ठेक्का लगाउनुले हरिपुर नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरु माथि समेत शंका सृजना भएको स्थानीयको भनाई छ ।स्थानीय तहलाई स्काभेटर चलाउन दिन पाउने अधिकार नभएपनि क्षेत्राधिकार भन्दा बाहिर गएर हरिपुर नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवा उत्खन्न तथा व्यवस्थापन सम्बन्धी मापदण्ड विपरित हरिपुर नगरपालिकाले स्काभेटर चलाउन अनुमती दिएर ४÷५ वटा टिपर चलाएर मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् गरेर स्थानीय एक क्रसर उद्योगमा दिने गरेका समेत पाइएको छ ।मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खन्न गर्न स्थानीय जनप्रतिनिधिहरुका साथै स्थानीय प्रहरी प्रशासनको समेत मिलेमतो रहेको स्थानीको आरोप छ ।
यता,बागमती नदीको पश्चीम किनारा स्थित रौतहटको समनपुर र गढीमाई नगरपालिका अन्तर्गत टोकारघाट लगायत स्थानहरूमा खुला रूपमा मेसिन लगाएर खोला दोहन भइरहेको छ।बरहथवा, मनुष्मारा, सोति,बुढी बागमती, एकादशी र हरिपुर नगरपालिकासँग जोडिएका खोलाहरूमा अवैध तरिकाले सातवटा स्काभेटर चलाएर उत्खनन भई रहेको भएपनि कमिसनमा डुबेको सरोकारवाला निकायले त्यो नदेखेको स्थानीय बताउँछन्।सर्लाहीको नदिया पकरी, मधुबनी,बलरा,लक्ष्मिपुर र छनकी नाकाबाट भारततर्फ ढुंगा गिट्टीको तस्करी समेत भइरहेको छ ।