Close This

सर्लाहीका ६ स्थानिय तहमा एकैसाथ भूमि आयोगको इकाइ कार्यालय स्थापना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-२४ गते   २७४ पटक हेरिएको

सर्लाहीको लालबन्दी,इश्वरपुर,वरथवा,वागमती,हरिपुर र हरिवनमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाइ स्थापना भएको छ । सर्लाहीका यी ६ स्थानिय निकायमा बसोबास गरि रहेका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने उद्देश्यले आयोगले इकाइ कार्यालय  स्थापना गरेको हो । 
आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण संकलन गरी उनीहरूलाई भूमि उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई कर र कानुनको दायरामा ल्याउन सबै स्थानीय तहमा इकाइ स्थापना गर्न लागेको आयोगका सदस्य एकनारायण रानाले बताउनु भयो । लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्का, उपप्रमुख शान्ती लामा, प्रमुख प्रशासकीय अधिकृत देवनाथ पोख्रेल,इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटा,उप प्रमुख एकावती देवी चौधरी,प्रमुख प्रशासकिय अधिकृत उदय देवकोटा,वरथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महत्तो,उप प्रमुख सीतादेवी माझी,प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल,बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा,उप प्रमुख लिला कुमारी मोक्तान,प्रमुख प्रशासकिय अधिकृत बिमल कुमार पोख्र्रेल,हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाई,उप प्रमुख रेणुका पौडेल,प्रमुख प्रशासकिय अधिकृत खरुदेव चुडाल,हरिपुर नगरपालिकाका नगर प्रमुख जमरुदिन मन्सुर,उप प्रमुख रेणुका काफ्ले र प्रमुख प्रशासकिय अधिकृत उदय देवकोटा लगायत कार्यपालिका सदस्य र वडा सदस्य लगायतको उपस्थितीमा इकाइ कार्यालय स्थापना गरिएको हो । 
आवास विहीन नागरिकका परिवारलाई भूमि उपलब्ध गराइ योजनाबद्ध, एकीकृत र सुरक्षीत बस्ती निर्माणमा मद्दत गर्ने, जोखिम क्षेत्र लगायत कानुनले बस्न वा खेती गर्न नहुने भनी तोकेको स्थानमा बसोबास गरेका वास्तविक भूमिहीन परिवारलाई योजनाबद्ध ढंगले स्थानान्तरण गर्ने लगायतका कार्यका लागि इकाइ कार्यालयको स्थापना गरिएको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा लनगर प्रवक्ता राजन कुमार श्रेष्ठले जानकारीदिनु भयो ।
 त्यसैगरी भूमिसम्बन्धी समस्या समाधान आयोगको इकाइ कार्यालय स्थापना भएपछि  भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई ३५ दिनभित्र आ–आफ्नो स्थानीय तहमा निवेदन बुझाउन पनि समय सिमा निर्धारण गरिएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि  स्थानीय तहमार्फत आवेदन गर्न आग्रह गरिएको छ । 
जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फाराम भरी स्थानीय तहमा बुझाउन आग्रह गरिएको जनप्रतिनिधिहरुले बताएका छन् ।
 फाराममा उल्लिखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेस गर्न आयोगले सुझाब दिएको छ ।जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा सीधै बुझाउन सकिनेछ । आयोगले निवेदन बुझाउन ७ वटै प्रदेशमा स्थानीय तह पनि तोकेको छ । भनेस्थानिय निकायहरुले आफ्नो क्षेत्रमा लगत संकलनको काम सुरु गरि सकेका छन् । यसै आर्थिक वर्षमा करिब ५ हजार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आयोगले लालपुर्जा वितरण गर्ने तयारी गरेको बताएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech