सर्लाहीमा सवारी दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ भने एकह पुरुष घाईते भएका छन् । सिर्लाहीको बलरा नगरपालिका २ हथियौलमा भारतिय नम्बरको रथले ठक्कर दिँदा सोही ठाउँकी अन्दाजी वर्ष तीनकी सोहानी कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए।उनका अनुसार बलरा नगरपालिका २ हथियौल स्थित भित्री सडकमा बिआर ०६ पि २६६२ भारतिय नम्बरको रथको ठक्करबाट सोहानीको मृत्यु भएको हो । दुर्घटनामा संग्लग्न रथका चालक फरार रहेका छन् ।
त्यसैगरी,सर्लाही कै कौडेना गाउँपालिका स्थित कौडेना बजारमा एम्बुलेन्सको ठक्करबाट एक जना पुरुष घाईते भएका छन्।कौडेना बजारमा एम्बुलेन्सले ठक्कर दिँदा कौडेना गाउँपालिका ३ का मदन चौधरी घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार बिआर ३० एल ४००७ नम्बरको भारतीय मोटरसाईकलमा सवार चौधरीलाई मधेश प्रदेश ०३ ००१ झ ००७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो।एम्बुलेन्सको ठक्करबाट घाइते भएका चौधरीलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगावमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाण्डौमा लगिएको प्रहरीले जनाएको छ ।
जिल्लामा विवाह लगायतका विशेष समारोहहरुमा भारतिय नम्बरका रथहरु अवैध तरिकाबाट नेपाल प्रवेश गर्ने र नेपालकै विभिन्न ठाउँहरुमा हुने यस प्रकारका कार्यक्रमहरुमा प्रयोग हुँदै आएका भएपनि सरोकारवाला निकाय कामनमा तेल हालेरबसेको स्थानीयको आरोप छ।यातायात नियमानुसार कुनैपनि सवारी साधनहरुको स्वरुप परिवर्तन आफुखुसी गर्न पाईदैन् तर सर्लाहीमा सञ्चालित कुनैपनि रथहरुले बोलोरोलाई स्वप परिवर्तन गर्दा नियामक निकायबाट अनुमती नलिएका पाइएको स्थानीय बताउँछन् ।