मधेश प्रदेशमा ट्राफिक सचेतना र सडक सुरक्षा सम्बन्धी विभिन्न कार्यक्रम

691 Shares

शंखर पहाडी(गौरब)
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशले मधेश प्रदेशका विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना तथा सडक सुरक्षा सप्ताह २०८० सुरु गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत मधेश प्रदेशका विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना तथा सडक सुरक्षा सप्ताह २०८० सुरु गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका ट्राफिक प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सन्तोष भट्टराईले जानकारी दिए ।
उनका अनुसार कुनै कुराको विज्ञापन तथा प्रचार प्रसार गर्नु परेमा विद्यार्थीहरुबाट गराउँदा चाँडो समुदायमा पुग्ने भएकाले विद्यालयहरुमा ट्राफिक सचेतना र सडक सुरक्षा सप्ताह २०८० सुरु गरिएको हो ।
सडकमा हिड्ने पैदलयात्रीहरुलाई सडक प्रयोग सम्बन्धी र विद्यार्थीहरुलाई साइकल चलाउने तरिका,सवारी दुर्घटनाबाट बच्ने तरिका र सुरक्षीत यात्रा गर्न सकिन्छ भन्ने बारे सचेतना मुलक कार्यक्रम गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रहरी सहायक निरिक्षक(असई) दिपक कुमार बस्नेतले बताए । 
प्रहरी सहायक निरिक्षक(असई)बस्नेतको नेतृत्वमा टिम नै बनाएर मधेश प्रदेशका विद्यालयहरुमा र समुदायहरुका साथै पैदलयात्रीहरुलाई ट्राफिक चिन्ह,सडकको प्रयोग,दुर्घटनाबाट बच्ने उपाय लगायतका बारेमा जानकारी गराइएको हो ।
   जसबाट सडक दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने र ट्राफिक नियमको पालना तर्फ नागरिकहरुको ध्यान जाने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक लेखनाथ मैनालीले जानकारी दिए । सोही अनुसार सर्लाहीमा पनि ट्राफिक सचेतना सम्बन्धी साताव्यापी सडक सुरक्षा सप्ताह २०८० सुरु कार्यक्रम सुरु भएको हो ।
शान्तिपूर्ण एवम सुरक्षित यात्राका लागि सडक सुरक्षा सप्ताह २०८० सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक मैनालीले जानकारी दिए । उनका अनुसार पूर्व पश्चिम राजमार्गस्थित जिल्लाका बजार क्षेत्रहरुमा सडक सुरक्षा सप्ताह २०८० सुरु गरिएको हो ।


उनका अनुसार सप्ताहमा जनप्रतिनिधिहरु,विद्यार्थी,स्काउटमा आवद्ध बालबालिका,ट्राफिक प्रहरी,सुरक्षा अधिकारी,व्यापारी र सामाजिक क्षेत्रमा क्रियाशील संघ÷संस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा सचेतनामूलक र्याली निकालेर सडक सुरक्षा सप्ताहको प्रारम्भ गरिएको हो ।सप्ताहमा सहभागीहरुले सवारी चलाउँदा सडकमा ध्यान केन्द्रित गरौँ,सवारी साधन चेकजाँच गरेर मात्रै चलाऔं,मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं,नियमपूर्वक सवारी चलाउ र जरिवानाबाट बचौँ,तीव्र गति जीवन क्षति जस्ता सचेतनामूलक नारा लेखिएको प्ले कार्ड बोकेका थिए । सडक सुरक्षा सप्ताह २०८० अन्तर्गत जिल्लाका मुख्य बजार क्षेत्रमा सचेतनामूलक र्याली निकाल्ने,पर्चा पप्पलेट वितरण गर्ने,माइकिङ गर्ने र विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई ट्राफिक नियमसम्वन्धी कक्षा सञ्चालन गर्ने लगायतका योजना समेटिएको छ ।जसबाट सडक दुर्घटनाहरु घट्ने,माधक पदार्थ तथा लागु पदार्थ प्रयोग गरि सवारी चलाउने संख्या घट्ने,सवारी चलाउदा सवारी दर्ता किताब र सवारी चालक अनुमती पत्र साथमा लिएर सवारी चलाउनु पर्छ,मोटरसाईकल चलाउँदा हेलमेट लगाउनु पर्छ भन्ने सन्देश प्रवाह हुने ट्राफिक प्रहरीले विश्वास लिएको छ ।

सम्बन्धित समाचार