सर्लाहीको बागमती नगरपालिका २, धरहरामा नेपालका प्रथम प्रधानमन्त्री एवम राष्ट्रिय विभूति भिमशेन थापाको शालिक निर्माण गरिएको छ।बगाले थापा सेवा समाज सर्लाहीले राष्ट्रिय विभूति थापाको पूर्णकदको शालिक बागमती नगरपालिका २ धरहरामा निर्माण गरेको हो । शालिकको निवर्तमान रक्षामन्त्री एवम सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेतीले अनावरण गरेका नेकपा(एमाले) सर्लाहीका नेता चुडामणी वाग्लेले जानकारी दिए ।
बाराको कलैया निवासी रवीन थापाले रु छ लाख सहयोग गरेका र बगाले थापा बन्धुहरुबाट संकलन गरिएको रकमबाट देशका पहिलो प्रधानमन्त्री एवम राष्ट्रिय विभूति थापाको शालिक निर्माण गरिएको बगाले थापा सेवा समाज सर्लाहीका अधयक्ष रामहरि थापाले जानकारी दिए ।उनका अनुसार २५६९ औँ वुद्ध जयन्ति एवम चण्डी पूर्णिमाको अवसर पारेर नवनिर्मित शालिकको अनावरण गरिएको हो।बगाले थापा बन्धुहरुको कूल पूजास्थलमा शालिक निर्माण गरिएको हो ।