Close This

हातहतियार बुझाउन सर्लाही प्रशासनको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१४ गते   २२२१ पटक हेरिएको

जिल्ला प्रशासन कार्यालय सर्लाहीले स्थानीय निकायको निर्वाचनलाई लक्षित गरि वैधानिक हातहतियार प्रशासनलाई बुझाउन आग्रह गरेको छ । स्थानिय निकायको निर्वाचन नजिकिँदै गर्दा देशभरका स्थानीय प्रशासन हातहतियार संकलनमा लागेका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैधानिक हातहतियार नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनलाई भरपर्दो र विश्वस्नीय बनाउन भन्दै जिल्लाभित्र रहेका इजाजत प्राप्त हतियारहरू बुझाउन प्रशासनले आग्रह गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी    दिनु भयो । उहाँका अनुसार चैत मसान्तसम्म नजिकैको प्रहरी कार्यालयमा इजाजत प्राप्त हात हतियारहरू बुझाउन सम्बन्धित सम्पूर्ण जिल्लावासीलाई एक सुचना जारी गरि आग्रह गरिएको छ ।
प्रहरी कार्यालयमा बुझाइएका सो हतियारहरू निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीले फिर्ता पाउने जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत कामेश्वर यादवद्धारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ । सूचनाको बर्खिलाप भएको पाइएमा कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय सर्लाहीले चेतावनी दिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech