Close This

सोनाम ल्होछारको अवसरमा हरिवनमा महोत्सव हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-५ गते   ७३८ पटक हेरिएको


सर्लाहीको  हरिवन नगरपालिका ११  मा सोनाम ल्होछारको अवसरमा महोत्सव लाग्ने भएको छ । 
स्थानिय कृर्षी जन्य यत्पादीत वस्तुको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ तामाङ जातिले मान्दै आएको २८५६ औँ सोनाम ल्होछारको अवसरमा माघ ७ देखि १८ सम्म  महोत्सव लागाउने तयारी गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक सचिन तामाङले बताउनु भयो ।
“सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो सांस्कृतिक एकताको मुल नारा ,ताम्सालीङ प्रदेशको स्थापना, हाम्रो राजनितिक  एकताको मुल अभिभारा” भन्ने मुल नाराका साथ तामाङ समुदायको  महान राष्ट्रिय सास्कृतिक पर्व २८५६(जिवा ल्होछार) सोनाम ल्होछारको अवसरमा महोत्सवको तयारी गरिएको  आईतबार पत्रकार सम्मेलन गरि आयोजक नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति सर्लाहीले जनाएको छ ।
महोत्सव मुल आयोजक समितिका संयोजक सचिन तामाङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा 
११ दिन चल्ने महोत्सवमा विभिन्न स्थानिय कृर्षी उत्पादनहरुका साथै स्थानिय उत्पादीत वस्तुहरुलाई पहिलो प्राथमिकता दिईने र महोत्सवमा करिब ६० वटा स्टलहरुरहने आयोजकले बताएको छ । माघ ११ गतेबाट तामाङ समुदायको  महान राष्ट्रिय सास्कृतिक पर्व २८५५ अर्थात संगुर वर्षको अन्त्य हुने र मुसा वर्षको सुरुवात हुने भएका कारण पनि तामाङ समुदायको  महान राष्ट्रिय सास्कृतिक पर्व २८५६(जिवा ल्होछार) सोनाम ल्होछारको अवसरमामहोत्सवको तयारी गरिएको आयोजकले बताएको छ । करिब १८ लाखको लागतमा सुरु हुन लागेको महोत्सवको स्थानिय युवाहरु आफैँले व्यावस्था गरि रहेका स्थानिय युवा राजु तामाङले बताउनु भयो । स्थानिय युवाहरुको सक्रियतामा हरेक वर्ष हरिवनमा महोत्सव लाग्ने गरेको छ ।
पुरातन कालदेखि तामाङ समुदायले हिउंदको विदाई र वर्षाको सुरुवातको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन ।
महोत्सवमा स्थासनिय उत्पादन बिक्रि वितरण तथा प्रदर्शनी,संस्कृति झल्कने पोषाकको बिक्रि वितरण तथा प्रदर्शनी लगातयका कार्यक्रम रहने आयोजकले बताएको छ ।


 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech