Close This

दुधौली ५ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-७ गते   ३७६ पटक हेरिएको

सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीको भित्री सडक खण्डमा शनिवार ट्रयाक्टर दुर्घटना हुदाँ चालकको ज्यान गएको छ । सिर्थौलि नंयाटोल स्थित भित्री कच्चि सडक खण्डमा सिर्थौलि नंयाटोलबाट छपाहा तर्फ जांदै गरेको ना ५ त १९५१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यलय डकाहाले जनाएको छ । 
गोबर मल लिन जादै गर्दा ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुंदा ट्याक्टर चालक दुधौली नगरपालिका ५ छपाहा बस्ने अन्दाजी बर्ष २१ का वियस कुमार दनुवारको मृत्यु भएको हो । दनुवारको टाउको,छातिमा भित्री चोट र दुबै कान बाट रगत बगी गंम्भिर घांईते भएको अवस्थामा उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीको भनाई छ ।
गम्भिर अवस्थामा रहेका दनुवारलाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलिमा प्रथमिक उपचार पश्चात थप उपचारको लागि  जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा उनको जिल्ला अस्पताल नपुग्दै बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । सोम प्रसाद न्यौपाने

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech