सर्लाहीका मालपोत कार्यालयहरुले जग्गा कित्ताकाट, धितोबन्धकी, दृष्टिवन्धकी र साधारण रोक्का सम्वन्धी सेवा प्रवाह बन्द गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको पत्रानुसार जग्गाको कृषि क्षेत्र र गैह्र कृषि क्षेत्र वर्गीकरण सम्वन्धी अर्को व्यवस्था नभएसम्मका लागि जिल्लाका तीन वटै मालपोत कार्यालयहरुले यो सेवा बन्द गरेका छन् ।
जिल्लाको मलंगवा, हरिवन र बरहथवामा रहेका तीन वटै मालपोत कार्यालयहरुले मन्त्रालयको पत्रअनुसार आफुहरुले काम गर्ने भन्दै जग्गा कित्ताकाट, धितोबन्धकी, दृष्टिवन्धकी र साधारण रोक्का सम्वन्धी सेवा प्रवाह बन्द गरेका हुन् ।
अर्को व्यवस्था नभएसम्मका लागि कित्ताकाट र धितोबन्धकी सेवा रोकिएको मालपोत कार्यालय मलंगवाका प्रमुख पनिलाल यादवले बताउनु भयो । उहाँका अनुसार मन्त्रालयको पत्रअनुसार जिल्लामा हुने जग्गा कित्ताकाट, धितोबन्धकी, दृष्टिवन्धकी र साधारण रोक्का सम्वन्धी सेवा प्रवाह बन्द गरिएको हो ।
दुई कठ्ठा भन्दा कम जग्गा अर्को निर्णय नभएसम्मका लागि कित्ताकाट नगर्न परिपत्र आएको मालपोत कार्यालय हरिवनका प्रमुख रमेश प्रसाद गौतमले बताृनु भयो । उहाँका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि कित्ताकाट र धितोबन्धकी सेवा रोकिएको बताउनु भयो ।मन्त्रालयको पत्र आउनु अघि रसिद काटेका सेवाग्राहीहरुको काम भने नरोकिने मालपोत कार्यालय हरिवनका प्रमुख गौतमले बताउनु भयो ।
यसरी धितोबन्धकीसहितका काम रोक्का भएपछि बैंकमा जग्गा वा घर बन्धकी राखेर ऋण लिई व्यवहार टार्ने वर्गका मानिस सबैभन्दा बढी प्रभावित भएका छन् । भने मालपोत कार्यालयले अचानक यि सेवाहरु रोक्दा सेवा लिन पुगेका सेवाग्राहीहरु भने निराश हुँदै घर फर्किएका छन् ।