बसबरियाका पासवान मृत फेला,धनुषामा छुरा प्रहार गरी यादवको हत्या

515 Shares

सर्लाहीको बसबरिया गाउँपालिका ३,मधुवनी सडक खण्डमा एक युवकको शव फेला परेको छ । बसबरिया गाउँपालिका २,का अन्दाजी २५ बर्षिय राजिव पासवानको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार शनिबार सडक छेउमा फेला परेको शवको तत्कालै पहिचान नभएपनि घटनास्थलमा मोटरसाईकलको सिट,भाईजर र हेडलाईट भेटिएको साथै घटनास्थलको प्रकृति हेर्दा सवारी दुर्घटना भएको हुन् सक्ने भएपछि पहिचानको काम सुरु भएको थियो ।
सोहि स्थानमा घाईते भेटिएका अन्दाजी २० बर्षिय धन्नजय यादबलाई उपचारका लागि राति नै बरहथवास्थित एक अस्पतालमा लगि सामान्य उपचारपछि उनलाई वीरगन्ज तर्फ पठाइएको र वीरगन्जमा उपचार भईरहेको पाइएपछि घटनास्थलमा मृत्यु भएका मानिसको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
त्यसैगरी,होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहार गरि धनुषाको जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धी चोकका अन्दाजी १९ वर्षीय आँसु यादवको हत्या भएको छ। शनिबार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद भएपछि स्थानीय अन्दाजी २१ वर्षीय धर्मेन्द्र महतोले उनीमाथि छुरा प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक वरुण बहादुर सिंहले जानकारी दिए। मधेश प्रदेशका कतिपय स्थानहरुमा शनिबार पनि होलि खोलिएको थियो।

सम्बन्धित समाचार