Close This

लालबन्दीका तीन वडामा ४ सय ४ फोर जि नेटवर्क भएका सिम कार्ड वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-११ गते   ९४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १३,१५ र १६ मा निःशुल्क फोर जि नेटवर्क भएको सिम कार्ड वितरण गरिएको छ ।  लालबन्दी नगरपालिका १३ पत्थरकोटमा २ सय २ वटा फोर जि नेटवर्क भएका सिम कार्ड वितरण गरिएको हो भने लालबन्दी नगरपालिका १५ र १६ परवानिपुरमा पनि २ सय २ वटा फोर जि नेटवर्क भएका सिम कार्ड वितरण गरिएको नेपाल टेलिकमले  जनाएको छ ।
नेपाल टेलिकमसँगको समन्वयमा जिल्लाका दुर्गम भनेर चिनिने उक्त स्थानमाका स्थानियलाई सञ्चारको सहज प्रयोगमा ल्याउन निःशुल्क फोर जि नेटवर्क भएका सिम कार्ड वितरण गरिएको  युवा समाजसेवी श्याम श्रेष्ठले जानकारी दिनुभयो । उहााका अनुसार नगरका तीनवटा वडामागरी जम्मा ४ सय ४ जनालाई निःशुल्क फोर जि नेटवर्क भएका सिम कार्ड वितरण गरिएको हो । 
अरु सिममा नेटवर्कको समस्या भइरहेको समयमा फोर जि नेटवर्क भएको निःशुल्क सिम कार्ड पाउँदा सोक्षेत्रका स्थानिय हर्षित भएका लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश थापाले बताउनु भयो । आफुहरुलाई यसरी निःशुल्क सिम वितरण गरेर नेपाल टेलिकमले गुण लगाएको पनि स्थानियहरुले बताएका छन् । सिम वितरण कार्यक्रममा लालबन्दी १३,१५ र १६ का वडा अध्यक्षहरु क्रमस शिवकृष्ण वैद्य,गोरख बहादुर बल र गणेश थापा लगायत युवा नेता कृष्ण भण्डारी, नवराज पौडेल, पुष्प श्रेष्ठ र श्याम श्रेष्ठको उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech