अमेरिकी रहका एजेन्टहरुले जनतालाई झुक्याउन खोजेर विकासको नारा देखाएर एमसिसि परियोजनाको नाममा शैनिकीकरण गर्न खोजेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवम मधेश प्रदेश इन्चार्ज अनिल शर्मा(बिरही)ले बताए।उनले एससिसि परियोजना,आर्थिक,राजनीतिक संकट र निदान बिषयक विषयक सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम देश राष्ट्रिय शंकटको विन्दुमा रहेको समयमा अमेरिकी रहका एजेन्टहरुले जनतालाई झुक्याउन खोजेर विकासको नारा देखाउँदै एमसिसि परियोजनाको नाममा शैनिकीकरण गर्न खोजेका रजसले देशलाई फाईदा नहुने बताएका छन् ।
राष्ट्रघाती एमसिसि परियोजना नेपाली जनताको हितमा नरहेको,अमेरिकाले एमसिसि परियोजना मार्फत नेपाललाई नयाँ खालको उपनिवेश बनाउन खोजिरहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवम मधेश प्रदेश इन्चार्ज अनिल शर्मा(बिरही)ले बताए ।
एससिसि परियोजना,आर्थिक,राजनीतिक संकट र निदान बिषयक विषयक सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला इन्चार्ज अच्युतम काफ्ले,पुर्व सभासद शिला यादव,नेकपा(एकिकृत समाजवादी) पार्टीका जिल्ला उपा अध्यक्ष धनलाल मिक्चन,नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ सर्लाहीकी अध्यक्ष विनिता दाहाल लगायतको उपस्थिति रहेको नेपाल कम्युष्टि पार्टीका सर्लाही सेक्रेटरी जनक राउतले जानकारी दिए ।उनका अनुसार नेपाल कम्युष्टि पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमल सुस्लिङको अध्यक्षतामा लालबन्दी नगरपालिका ६ स्थित पुरानो नगरपालिकाको हलमा अन्र्तक्रिया कार्यक्रम भएको हो।कार्यक्रममा सहभागी वक्ताहरुले राष्ट्रघाती एमसिसि देश र जनताको हितमा नरहेको भन्दै एमसिसि खारेजी अभियानमा एक्यवद्धता जनाएका छन् ।