Close This

क्रान्तिकारी पत्रकारहरु गम्भिर हुने बेला आयो ः अध्यक्ष सिंह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१९ गते   २३७४ पटक हेरिएको

अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले चितवन महाधिवेशनपछि मुलुकमा एमाले नामको अर्को राप्रपा थपिएको टिप्पणी गर्नु भयो । शनिवार चितवनको भरतपुरमा शुरु भएको प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले यस्तो टिप्पणी गर्नु भएको हो ।
अध्यक्ष सिंहले ईश्वर पोखरेल र कमल थापाको स्वर मिल्नु केवल संयोग मात्र नभएको भन्दै चितवन अधिवेशनपछि नेकपा(एमाले)मा पञ्चायत प्रेम बढ्दै गएको तर्क गर्नु भयो । केहि दिनअघि एमाले उपाध्यक्ष पोखरेलले ‘राप्रपासँग कतिपय विषयहरुमा सहकार्य गर्न सकिने भनि दिएको अभिव्यक्तिप्रति  प्रतिकृया दिँदै अध्यक्ष सिंहले पोखरेल र थापाको स्वर मिल्नु संयोग मात्र नभएको बताउनु भयो ।
अध्यक्ष सिंहले मिडिया क्षेत्रलाई आधुनिक गोयबल्सहरुबाट जोगाउन अझै मेहनत गर्नुपर्नेमा जोड दिनु भयो । उहांले राम्रो कामको प्रचार छाडेर कतिपय मिडियाहरूले  केपी शर्मा ओलीका उडन्ते र हावादारी समाचारलाई हेडलाइन बनाइरहेको बताउँदै यसले समाजमा नकरात्मकता छरिरहेको बताउनु भयो ।
हिजो जनयुद्धका कठिन दिनहरुमा ज्यानको बाजी  थापेर जनताको आवाज बनेका क्रान्तिकारी पत्रकारहरुले अहिले गम्भिर हुने बेला आएको उहांको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech