मिटरव्याजको चर्को ऋण र त्यससँग जोडिएका आर्थिक तथा सामाजिक दबाबका कारण सर्लाहीको हरिवन नगरपालिका– ३ का कुशेश्वर चौधरी परिवार घरबार विहीनको अवस्थामा पुगेका छन्। मलंगवा नगरपालिका–४ स्थित रहेको नेपाल भेनियर उद्योगका सञ्चालक नागेश्वर राय यादवले ऋण प्रवाहको वाहनामा भएको सबै जग्गा जमिन दृष्टिवन्धक बनाएपछि पीडित चौधरी परिवारले वर्षौँको मेहनतले जोडेको घर,खेतबारी र सम्पत्ति गुमाउनु पर्ने अवस्था सृजना भएको हो ।
पीडित परिवारका अनुसार चौधरी र उनकी श्रीमती रिनादेवीको नाममा रहेको विभिन्न स्थानको आठ किक्ता अर्थात ४५ कठ्ठा अर्थात करिब रु १० करोड बराबरको जग्गा यादवले आफ्नो छोरो दिवाकर राय यादव,सालो गौरी शंकर यादव र अर्काे सालो कपिलदेव यादवको छोरो पुर्षाेतम यादवको नाममा दृष्टि वन्धक गराएका छन् ।
यादवले रु एक करोड २० लाख ऋण दिएर रु दुई करोड पाँच लाखको तमसुक बनाएका,केही तमसुकहरुमा रकम उल्लेख नगरिएको,तमसुक बनाउँदा ऋण लिने हरिवन नगरपालिका–३ का चौधरी र उनकी श्रीमती रिनादेवीको अनुपस्थितिमा मलंगवा नगरपालिका–३,४ र ७ नम्बर वडा कार्यलयमा तमसुक गरिएको,ऋणी चौधरीले बैँक मार्फत तथा नगद ऋण तिर्दापनि साहु यादवलाई हस्ताक्षर गराएर प्रमाणित गरेका समेत पाइएको छ ।ऋण दिने यादवले ऋणी चौधरी,उनकी श्रीमती रिनादेवीले ऋण चुक्ता गरि सकेका भएपनि विभिन्न किसिमका धम्की लगाउँदै तमसुक फिर्ता लैजान र उत्त ऋण लिने समयमा दृष्टिवन्धक गरिएको आठ कित्ता अर्थात ४५ कठ्ठा करिब रु १० लाख बराबरको जग्गा नामसारी गरिदिन यादवले दवाव दिएका पीडित परिवारको भनाई छ ।
सो विषय बुझ्न मलंगवा नगरपालिका–४ स्थित रहेको नेपाल भेनियर उद्योगका सञ्चालक यादवलाई फोन गर्दा उनले फोनमा सबै कुरा गर्न ठिक नहुने बताएर फोन काटे ।अत्यधिक ब्याज,कागजातमा गरिएको कथित चलखेल र निरन्तरको दबाबका कारण चौधरी जस्तै धेरै परिवार पीडित बनेका छन् ।