सर्लाहीको बसबरीया गाउँपालिका ५ को कार्यालय स्थानीयले घेराउ गरेका छन् ।प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितता भएको भन्दै बसबरीया गाउँपालिका ५ का स्थानीयले वडा कार्यालय घेराउ गरेका बसबरीयाका कांग्रेसका नेता गजेन्द्र साहले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम गरेबापतको पारिश्रमिक नपाएको भन्दै वडाका पीडितहरुले वडा कार्यालय घेराउ गरेको हुन।यता,बसबरीया गाउँपालिका ५ का वडा अध्यक्ष रामचन्द्र यादवले आफूले कसैलाई पनि कार्यक्रममा नखटाएको बताए ।प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पालिकाले कामदारलाई खटाएको र त्यसको जवाफ पनि पालिकाले नै दिनु पर्ने उनले बताए ।
त्यस्तै बसबरीया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम गरेका ६ वटै वडाका कामदारहरुको भुक्तानी भइसकेको बताए ।“स्थानीयले किन वडा कार्यालय घेराउ गरे थाहा भएन तर लिस्टको आधारमा कार्यक्रममा काम गरेका सबै कामदारको भुक्तानी भइसकेको छ ।”बताए ।
तर बसबरीया गाउँपालिका विभिन्न विषयमा जनप्रतिनिधिहरुको मतभेद रहेका कारण पटक पटक विवादित हुँदै आएको छ । भने चालु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट पनि गाउँपालिकाले ल्याउन सकेको छैन् ।