सर्लाहीको कांग्रेसको विवाद मिल्यो,मंसिर २ गते देखि अधिवेशन सुरु हुने

3.9k Shares

नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशनबारे देखिएको विवाद मिलेको छ । विवाद मिलेसँगै जिल्ला अधिवेशनको मिति तय गरिएको छ । आज (सोमबार) जिल्ला पार्टी कार्यालय मलंगवा,सर्लाहीमा जिल्ला निर्वाचन अधिकृत दिवाकर राज पाण्डेको अध्यक्षतामा बसेको कांग्रेस नेताहरुको बैठकले विवाद समाधान गरेको हो । 
बैठकमा वर्तमान सभापति नागेन्द्रकुमार रायको पक्षबाट केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रित सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश २ सरकारका महिला बालबालिका,युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह, जिल्ला सचिव एवम प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा, ३ नम्बर क्षेत्रीय अध्यक्ष पुण्य प्रसाद घिमिरे लगायतको सहभागी रहेको थियो ।
पूर्व सभापति लक्ष्मण रायको पक्षबाट भने जिल्ला सचिब नवीन अधिकारी, पूर्व उप सभापति विनोद खनाल, महासमिति सदस्य एवम युवा नेता बलराम झा, रवि नन्दन चौधरी र नेपाल शिक्षक संघका पूर्व अध्यक्ष कौशलकिशोर रायको सहभागिता रहेको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
कांग्रेस नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितमा बैठक स्थल जिल्ला पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी समेत तैनाथ भएका थिए । पार्टी कार्यालय भित्र वार्तामा बस्ने दुवै पक्षका गरि १२ जना नेता बाहेक हरु कसैलाई पनि छिर्न दिईएको थिएन । बैठकले आगामी मंसिर २ गते वडा अधिवेशन, ५ गते पालिका, ८ गते प्रदेश सभा अधिवेशन ,१० गते संघिय अधिवेशन र १२ जिल्ला अधिवेशन गर्ने तय गरेको छ । 
त्यस्तै बैठकले अधिवेशनका क्रममा देखिएका विवाद समाधान गर्न निर्वाचन अधिकृत पाण्डेको संयोकत्वमा जिल्ला सचिवद्वय कुशवाहा र अधिकारी एवम प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया रहने गरि समिति समेत गठन गरेको छ भने निर्वाचन अधिकृतको कार्यालय नियमित सञ्चालनका लागि निर्वाचन अधिकृतलाई सहयोग गर्न दुईजना शिक्षकहरु भाग्यनारायण मिश्र र अवधेश राय रहने निर्णय गरेको प्रेस युनियन सर्लाहीका अध्यक्ष थपलियाले जानकारी दिनु भयो ।
यसअघि खटिएका निर्वाचन अधिकृत विनोद कार्कीले दुवै पक्षको विवादका कारण कात्तिक २६ गते राजिनामा दिएका थिए । उनको राजिनामा पश्चात केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई कात्तिक २७ गते सर्लाही निर्वाचन अधिकृतको रुपमा सर्लाही खटाएको थियो । निर्वाचन अधिकृत पाण्डेका अनुसार आगामी मंसिर १ गते मतदान अधिकृतको रुपमा खटिने शिक्षकहरुलाई अधिवेशन अन्तर्गत काम, कर्तव्य र अधिकारका बारेमा अभिमुखिकरण कार्यक्रम गरिने बताउनु भयो ।
यसअघि दुवै पक्षबीच जिल्ला निर्वाचन अधिकृतको सचिवालय गठन, निर्वाचन अधिकृतको कार्यालय स्थल, मतदान अधिकृत लगायतका विषयमा विवाद भएको थियो । सहमतिले जिल्ला सचिवालय गठन नगरी विवाद समाधान समिती बनाएको छ । भने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु अधिवेशनको तयारीमा जुटेका छन् ।

सम्बन्धित समाचार